हेटौंडामा १५० केजी गाँजासहित चार जना पक्राउ

हेटौंडामा १५० केजी गाँजासहित चार जना पक्राउ : Icon Khabar

हेटौंडा, असोज २५ । प्रहरीले गस्ती गर्ने क्रममा गाँजा बोकेर आएका चार जनालाई गाँजासहित बुधबार राति पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मनहरी क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा राक्सिराङ गाउँपालिकाको बाटो हुँदै गाँजा बोकेर आएका चार जनालाई १५० केजी गाँजासहित पक्राउ गरेको हो । चार जनाले बोरामा प्याक गरेर गाँजा पर्सा राष्ट्रिय निकुन्ज हुँदै भारततर्फ बोकेर लैजाँदै थिए ।

प्रहरीका अनुसार गाँजासहित पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–७ का ३० वर्षीय रामशरण चेपाङ,कैलाश गाउँपालिकाकै १९ वर्षीय विश्वराम चेपाङ, ५६ वर्षीय कमानसिं चेपाङ, ३० वर्षीय कृष्णबहादुर चेपाङ रहेका छन् ।

पर्सा राष्ट्रिय निकुन्ज पार गरेपछि उनीहरुलाई गाँजा बोके बापत प्रतिकेजी ५ सय रुपैयाँ दिने भनि व्यापारीले प्रलोभनमा फसाएको बताएका छन् । उक्त गाँजा कैलाश गाउँपालिकाबाट ल्याएको कुरा उनीहरुले प्रहरी समक्ष बताएका छन् ।

Published Date: 12 October 2023


ताजा
त्रिभुवन विश्वविद्यालयद्वारा मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित
संघीय संसद्‌मा एकै दिन ६ वटा विधेयक दर्ता
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु