बिहिबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढ्यो

बिहिबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौ, असोज २५ । सुनको भाउ आज प्रतितोला ७०० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बुधबार छापावाल सुन १ लाख ८ हजार ८०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ८ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १३ सय ५० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ४० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८७७.६ र चाँदी प्रतिऔंस २२.१२ डलरमा कारोबार भइरहेको छ ।

मुख्यतयः विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्ने गरेको छ । यसबाहेक स्थानीय बजारको माग र आपूर्ति अनुपातले पनि भाउमा फरक परिरहेको हुन्छ । यस्तै, चाडपर्व, विवाह लगायतका समयमा माग बढी हुँदा स्थानीय जबारमा सुन चाँदीको भाउ बढ्ने गरेको पाइन्छ ।

Published Date: 12 October 2023


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु