मनकामना मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न स्थानीयको माग

मनकामना मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न स्थानीयको माग : Icon Khabar

गोरखा, असोज २५ । गोरखाको प्रसिद्व मनकामना मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न स्थानीयले माग गरेका छन् ।

मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्न स्थानीयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुडान किरातीसँग आग्रह गरेका छन् । मन्त्री किराती मनकामना मन्दिर सरसफाई कार्यक्रममा सहभागी हुँदा स्थानीयले माग राखेका हुन् ।

सो अवसरमा मन्त्री किरातीले मन्दिरको संरक्षण, सुपरिवेक्षण र व्यवस्थापन स्थानीय सरकारलाई जिम्मेवार बनाउने गरी व्यवस्था गर्नुपर्ने बताए।

उनले मन्दिर क्षेत्रको विकासका लागि सरकारको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 October 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न