केपी ओलीलाई स्वागत गर्न जनकपुरमा एमाले कार्यकर्ताहरु जहाजको ढोकैसम्म पुगेपछि…

केपी ओलीलाई स्वागत गर्न जनकपुरमा एमाले कार्यकर्ताहरु जहाजको ढोकैसम्म पुगेपछि… : Icon Khabar

जनकपुर, असोज २४ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न जनकपुरमा पार्टीका कार्यकर्ता जहाजको ढोकैसम्म पुगेका छन्।

बुधबार एमाले मधेश प्रदेशको अधिवेशन उद्घाटनका लागि यति एयरलाइन्सको जहाजबाट जनकपुर विमानस्थलमा पुगेका ओलीलाई स्वागत गर्न एमाले कार्यकर्ता धावनमार्गमै पुगेका हुन्।

विमानस्थलभित्र यात्रु र सर्वसाधरणले बोर्डिङ पासबिना जहाजको छेउमा जान पाइँदैन।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार जनकपुरमा आज हवाई सुरक्षाको गम्भीर उल्लंघन भएको छ। यसको जिम्मा सम्बन्धित विमानस्थल कार्यालयलाई हुन्छ। जनकपुरको घटनाबारे प्राधिकरणलाई औपचारिक जानकारी भइनसकेको उनले बताए।

‘सुरक्षा निकायले नियन्त्रण गर्नुपर्ने हो। को मान्छे हुन्, कुन प्रयोजनका लागि गएका हुन् भन्नेबारे प्राधिकरणले अनुसन्धान गर्नेछ,’ उनले भने।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डरीले केही समयअगाडि विमानस्थल सुरक्षाको बैठक नै राखेर धावनमार्गमा जान नदिन निर्णय गरेको बताए।

‘आज धावनमार्गमा मान्छे गएको कुरा तपाईंले भनेपछि थाहा भयो। विमानस्थलको धावनमार्गमै गएर स्वागत गर्ने, प्रहरी पनि जाने कुरा गलत हो,’ उनले भने,‘के भएको हो? विमानस्थलको सुरक्षा संवेदनशीलता, नियमको पालना किन भएन म बुझ्छु।’

एमाले मधेश संसदीय दलका नेता सरोज यादवले भने कार्यकर्ताहरू धावनमार्गमा नगएको जिकिर गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 October 2023
Website | + posts


ताजा
फोनपेबाट हवाई टिकट बुक गर्दा ३०० रुपैयाँ क्यासब्याक, हरेक हप्ता ५ जनालाई स्मार्टवाच
देशको सार्वजनिक ऋण लगातार चुलिंदै, प्रति नेपाली ऋण हिस्सा ८६ हजार ७ सय रुपैयाँ
आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टाेरमा भीड
जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
सिन्धुली दुर्घटना: सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी कार्य अहिले पनि जारी