सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा २५ लाख नरहने

सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा २५ लाख नरहने : Icon Khabar

काठमाडौं, असोज २४ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने भएको छ । सम्बन्धीत संस्थाको विनियममा तोकिए बमोजिम नै कायम हुने भएको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सहकारी संस्था बचतको सीमा २५ लाख रुपैयाँ प्रस्तावित गरिएको थियो । तर, त्यसलाई हटाउने सहमति समितिले गरेकाे छ।

बुधबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिले उक्त विद्येयक पारित गरेको हो । सहकारी ऐनको २०७४ को दफा ५२ मा सम्बन्धीत संस्थाको विनियममा तोकिए बमोजिम हुने व्यवस्था छ ।

Published Date: 11 October 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु