घटस्थापनादेखि देशका जुनसुकै स्थानमा रुट परमिटबिना बस चलाउन पाइने

घटस्थापनादेखि देशका जुनसुकै स्थानमा रुट परमिटबिना बस चलाउन पाइने : Icon Khabar

काठमाडौं, असोज २१ । यातायात व्यवस्था विभागले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक सवारी साधनको इजाजत पत्र (रुट परमिट) खुला गर्ने भएको छ ।

विभागले दसैको समयमा हुने यात्रुको चापलाई ध्यानमा राखी असोज २८ गतेदेखि देशका जुनसुकै स्थानमा रुट परमिटबिना बस चलाउन दिने व्यवस्था गरेको हो ।

यस्तै, विभागले असोज २८ गतेदेखि कार्तिक ८ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्मको सडकमा ठूला गाडी सञ्चालनमा रोक लगाएको छ । विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन ।

ट्रेलरलगायतका ठूला गाडीलाई भने कोजाग्रत पूर्णिमासम्म रोक लगाउने जनाएको छ ।

Published Date: 08 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग