दसैं र तिहारका लागि असोज २९ देखि नयाँ नोट साट्न पाइने

दसैं र तिहारका लागि असोज २९ देखि नयाँ नोट साट्न पाइने : Icon Khabar

काठमाडौं, असोज २१ । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैं र तिहारका लागि असोज २९ देखि नयाँ नोट सटही सुविधा दिन लागेको छ ।

दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनाको भोलिपल्ट (असोज २९) देखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंक स्रोतले बताएको छ । तथापि, यस बारे हालसम्म केन्द्रीय बैंकले सार्वजनिक रुपमा सूचना भने जारी गरेको छैन ।

गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन लागेको हो । सर्वसाधारणले राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट नयाँ नोट साँट्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 October 2023
Website | + posts




ताजा
बुधबार नेप्से परिसूचकमा गिरावट
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने