शनिबार भक्तपुरमा गुञ्जियो देविका बन्दनाको सुमधुर आवाज

शनिबार भक्तपुरमा गुञ्जियो देविका बन्दनाको सुमधुर आवाज : Icon Khabar

भक्तपुर, असोज २१ । शनिबार भक्तपुरमा क्यान्सर सचेतना महोत्सव तथा देविका बन्दना सांगीतिक साँझ २०८० सम्पन्न भएको छ। क्यान्सर सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै भक्तपुरमा गायिका देविका बन्दनाका लोकप्रिय गीतहरु प्रस्तुत भएका थिए।

दिक्षा गौरी हाडा स्मृति प्रतिष्ठान र लायन्स क्लव अफ भक्तपुर भैरवको संयुक्त आयोजना भएको कार्यक्रममा क्यान्सरलाई जित्न सफल गायिका देविका बन्दनाले गित संगित प्रस्तुत गर्नुका साथै क्यान्सर रोग सम्बन्धी चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुले क्यान्सरका बारेमा विविध जानकारी दिए।

कार्यक्रममा गायिका बन्दनाले गाएका विभिन्न लोकप्रिय गीतहरु प्रस्तुत गरेकी थिइन्। उनले ‘एउटा परदेशी आई सोध्यो मेरो नामबाट’ , ‘यस्तै रहेछ यहाँको चलन’ , ‘यो माया के हो’, ‘तिमिलाई हेर्ने यी आँखामा’, ‘तिम्रो मायाको सागरमा’, ‘सपनीमा आई सतायौ मलाई’, ‘भरे आउँछु सपनीमा’, ‘आँखी झ्यालैमा’, ‘अच्छा लेकिन लण्डनको जाडोले’, ‘नहिँड कान्छी’ गरी १३ वटा आधुनिक तथा चलचित्रका गित प्रस्तुत गरेकी थिइन्। उनले आफ्नो नेपाल भाषाको अत्यन्तै लोकप्रिय गीत जिगु बैंस धाल बोलको गीत पनि प्रस्तुत गरेकी थिइन्।

उनलाई गायनमा भक्तपुरका स्थानीय गायकहरु रवि हाडा, सत्य नारायण प्रजापति, लक्ष्मण पालिखेल, कपिल कसपाल, प्रनिल पालिखेलले साथ दिएका थिए।

कार्यक्रममा डा. उत्सवमान श्रेष्ठ र डा कपिन्द्र शेखर अमात्यले स्तन क्यान्सर, डा. अनु बज्राचार्यले सर्भिकल क्यान्सर, डा विजेश राज घिमिरेले पोषण र जीवनशैली, डा सुवर्णमान तुलाधरले फोक्सोको क्यान्सर, डा. श्रीकृष्ण कासिछ्वाले पेडियट्रिक क्यान्सरका बारेमा सचेतनामूलक प्रवचन दिएका थिए ।

कार्यक्रममा वरिष्ठ कलाकार, हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठ, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, लायनको डिष्ट्रिक्ट गर्भनर ३२५ जी लायन दिपक कृष्ण प्रजापति, वरिष्ठ संगीतकार दिपक जंगम, वरिष्ठ रचनाकार सुभाषचन्द्र ढुंगेल, वरिष्ठ गायक एवम् संगीतकार शिलाबहादुर मोक्तान र कुन्ती मोक्तान, कलाकार दिपाश्री निरौला लगायत भक्तपुरका स्थानीय कलाकार, एवम् लायन्सका सदस्य, उद्योगी, व्यवसायी, समाजसेवी, सञ्चारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 October 2023
Website | + posts