आइतबार नेप्से परिसूचक ३५.६७ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ३५.६७ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, असोज २१ । आइतबार नेप्से परिसूचक ३५.६७ अंक घटेर १९२१.२४ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.७९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०७ अंक घटेको छ।

आज २८९ स्टकको ५९ हजार १७१ पटकको कारोबारमा १ अर्ब ८० करोड १७ लाख रुपैयाँ बराबरको ५८ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६ करोड ७३ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साढे ५ करोडको शेयर कारोबार भएको छ भने नबिल बैंकको ५ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.७२ प्रतिशत घटेको छ। त्यस्तै, आज होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 08 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु