आइतबार नेप्से परिसूचक ३५.६७ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ३५.६७ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, असोज २१ । आइतबार नेप्से परिसूचक ३५.६७ अंक घटेर १९२१.२४ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.७९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०७ अंक घटेको छ।

आज २८९ स्टकको ५९ हजार १७१ पटकको कारोबारमा १ अर्ब ८० करोड १७ लाख रुपैयाँ बराबरको ५८ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६ करोड ७३ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साढे ५ करोडको शेयर कारोबार भएको छ भने नबिल बैंकको ५ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.७२ प्रतिशत घटेको छ। त्यस्तै, आज होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 October 2023






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न