दशैं नजिकिदै गर्दा किन लाग्दैछ प्रायलाई रुघाखोकी ?

दशैं नजिकिदै गर्दा किन लाग्दैछ प्रायलाई रुघाखोकी ? : Icon Khabar

काठमाडौँ, असोज २१ । वर्षा ऋतुको समाप्तिसँगै सुरुवात हुने शरद् ऋतु अर्थात् बदलिंदो चिसो मौसममा मौसमी रुघाखोकी अर्थात् इन्फ्लुएन्जा अति छिटो हुने श्वासप्रश्वाससम्बन्धी संक्रमण हो।

यसलाई एभियन इन्फ्लुएन्जा भनेर पनि चिनिन्छ। त्यसैले यसको विस्तार पनि अति छिटो हुन्छ। फ्लुबाट संक्रमित व्यक्तिको तर रुघाखोकीको कुनै लक्षण नदेखिने बेलादेखि नै स्वस्थ मानिसलाई सार्न सक्छ। मौसमी रुघाखोकी अर्थात एभियन इन्फ्लुएन्जा ‘ए’, ‘बी’,‘सी’,‘डी’ गरी चार प्रकारको हुन्छ। तर मुख्य रुपमा महामारी चाहीं ‘ए’ र ‘बी’ भाइरसको कारणले हुन्छ। यो भाइरस वा यसको संक्रमण एकदेखि दुई हप्तासम्म रहन्छ।

कसरी सर्छः नाक, मुख तथा श्वासप्रश्वास नलीबाट निस्कने शुक्ष्म भाइरस एकबाट अर्को व्यक्तिमा अति छिटो सर्छ। रुघाखोकी वा इन्फ्लुएन्जा भाइरसबाट संक्रमित व्यक्तिसँगको लसपस, श्वासप्रश्वास, हाच्छिउँ गर्दा निस्कने र्‍याल, सिंगानका छिटा, संक्रमितले प्रयोग गरेका सरसमानका कारण स्वच्छ व्यक्तिमा सर्न सक्छ।

चिन्ह र लक्षणहरु
टाउको-शरीर दुख्नु,

नाकबाट पानी-सिंगान बग्नु,

नाक बन्द हुनु,

घाममा हेर्न नसक्नु,

घाँटी दुख्नुु/खसखस हुनु,

ज्वरो आउनु,

वाकवाकी-पखाला लाग्न सक्छ।

रोकथाम
संक्रमित व्यक्तिलाई अरु स्वस्थ व्यक्तिबाट अलग राख्ने,

उमालेको तातो पानी प्रशस्त (दिनमा २ देखि ३ लिटरसम्म) खाने,

तातो पानीमा कागतीको रस, ज्वानो, बेसार, अदुवाको रस राखेर खाने,

झोलिलो खानेकुरा खाने,

न्यानो लुगा लगाउने र आराम गर्ने,

संक्रमित वा विरामीले प्रयोग गरेका रुमाल, कपडालगायतका सरसामान राम्ररी सफा गर्ने,

भीडभाडमा नजाने/नबस्ने,

हरियो तरकारी, सागपात, गेडागुडीको रस, दूध, माछामासु, फलफूल खाने, इन्फ्लुएन्जा खोप लगाउनु वाञ्छनीय हुन्छ। तर खोप चिसो मौसम सुरु हुनुभन्दा ३ महिना पहिले नै लगाउनुपर्छ।

उपचारः रुघाखोकी अर्थात् इन्फ्लुएन्जा भाइरसबाट उत्पन्न हुने हुँदा यसको खास उपचार छैन। केवल लक्षण अनुसारको उपचार गरिन्छ। जस्तै कपाल, शरीर दुखेमा सिटामोल, जल वियोजन भएमा पुनर्जलीय झोल दिइन्छ।

रुघाखोकीलाई लापरबाही गर्नुहुँदैन। लापरबाही गरेमा यसबाट निमोनिया जस्तो जटिल समस्या उत्पन्न भई दीर्घरोगी अथवा मृत्युसमेत हुन सक्छ। त्यसकारण श्वासप्रश्वासमा जटिल समस्या आएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा देखाइहाल्नुपर्छ। तर डिकोल्ड, कोल्डारिन, एनासिनलगायतका कुनै औषधि खानुहुँदैन। यस्ता औषधि हानिकारक छन्।

Published Date: 08 October 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी