मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर : Icon Khabar

काठमाडौं, असोज २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको रकम हिनामिना गरेको अभियोगमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्रीसहित सात जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन प्रदेशमन्त्री विजय कुमार, आर्थिक मामिला सचिव प्रेमकुमार श्रेष्ठ, लालबन्दी नगरपालिकाकाका तत्कालीन नगरप्रमुख मानबहादुर खड्का तथा खनाल प्रतिष्ठानका अध्यक्ष, महासचिव, कोषाध्यक्ष र सदस्य गरी सात जनाविरुद्ध १७ करोड ९८ लाख ३३ हजार बिगो कायम गरेर मुद्दा दायर गरेको हो ।

सर्लाहीको लालबन्दी नगरपालिकामा झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठान नेपालको सहकार्यमा एन्टिभेनम उत्पादन तथा अनुसन्धान केन्द्र नेपाल स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने कार्यमा अनियमितता गरेको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।

अख्तियारका प्रवक्ता भोला दाहालले सो उजुरीमा अनुसन्धान हुँदा १७ करोड ९८ लाख ३३ हजार बराबरको सरकारी सार्वजनिक सम्पत्ति हानिनोक्सानी, दुरुपयोग गरेको पुष्टि हुन आएको बताउनुभयो । उहाँका अनुसार १७ करोड ९८ लाख ३३ हजार बिगोसहित आरोपपत्र दायर गरिएको हो । तत्कालीन मन्त्री विजय कुमारलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ बमोजिम थप कदै सजाय समेत हुन मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

Published Date: 08 October 2023








ताजा
काठमाडौंको नदी किनारमा रहेका अवैध बस्ती हटाउन शुक्रबारदेखि डोजर परिचालन गर्ने
सनराइजर्स हैदरावादको लगातार पाँचौँ जित, २४४ रनको लक्ष्य सहजै पूरा
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : देशभर बदली र वर्षा गराउने नयाँ मौसमी प्रणाली सक्रिय










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा