परराष्ट्रमन्त्री साउदद्वारा इजरायलका राजदूतसँग इजरायलमा रहेका नेपालीको सुरक्षाका विषयमा छलफल

परराष्ट्रमन्त्री साउदद्वारा इजरायलका राजदूतसँग इजरायलमा रहेका नेपालीको सुरक्षाका विषयमा छलफल : Icon Khabar

काठमाडौं, असोज २१ । परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायलका राजदूत हानान गोदारसँग भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री साउदले आइतबार गोदारलाई परराष्ट्र मन्त्रालयमा बोलाएर हमासले इजरायलमा गरेको आक्रमणबारे छलफल गरेका थिए।

छलफलमा उनले इजरायलको वर्तमान अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा र आक्रमणमा परेका नेपालीको उपचार र उद्धारका विषयमा कुराकानी गरेका थिए ।

जवाफमा राजदूत गोदारले नेपालीको सुरक्षाका लागि इजरायली सरकारले पूर्ण पहल गर्ने, उपचारका लागि आवश्यक पहल गर्ने र उद्धार कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राजदूत गोदारले इजरायलको कठिन समयमा सहयोग र ऐक्यबद्धताका लागि नेपाल सरकारलाई धन्यवाद पनि दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 October 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने