परराष्ट्रमन्त्री साउदद्वारा इजरायलका राजदूतसँग इजरायलमा रहेका नेपालीको सुरक्षाका विषयमा छलफल

परराष्ट्रमन्त्री साउदद्वारा इजरायलका राजदूतसँग इजरायलमा रहेका नेपालीको सुरक्षाका विषयमा छलफल : Icon Khabar

काठमाडौं, असोज २१ । परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायलका राजदूत हानान गोदारसँग भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री साउदले आइतबार गोदारलाई परराष्ट्र मन्त्रालयमा बोलाएर हमासले इजरायलमा गरेको आक्रमणबारे छलफल गरेका थिए।

छलफलमा उनले इजरायलको वर्तमान अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा र आक्रमणमा परेका नेपालीको उपचार र उद्धारका विषयमा कुराकानी गरेका थिए ।

जवाफमा राजदूत गोदारले नेपालीको सुरक्षाका लागि इजरायली सरकारले पूर्ण पहल गर्ने, उपचारका लागि आवश्यक पहल गर्ने र उद्धार कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राजदूत गोदारले इजरायलको कठिन समयमा सहयोग र ऐक्यबद्धताका लागि नेपाल सरकारलाई धन्यवाद पनि दिए।

Published Date: 08 October 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता