आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, असोज २० । आज २०८० असोज २० गते शनिवार, तद्अनुसार अक्टोबर ७, २०२३ । आजको तिथिः आश्विन कृष्णपक्ष अष्टमी, नक्षत्र– पुनर्वशु, योग– परिघ, करण– कौलव, चन्द्रराशि– मिथुन, सूर्योदय– ६ः०० सूर्यास्त– १७ः४२ ।

आजको राशिफल

मेष: आर्थिक उन्नतिको प्रयास सफल रहने छ । व्यापारमा वृद्धिको योग छ । शेयर
मार्केटबाट फाइदा पुग्ने देखिन्छ ।

वृष: धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनसक्छ । सत्सङको लाभ पाइने छ । लाभको अवसर हात पर्नेछ ।

मिथुन: आँखाको सुरक्षामा विशेष ध्यान दिनु होला । बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । व्यवसायको गति सुस्त रहने छ ।

कर्कट: प्रतिद्वन्दितामा कमी आउने छ । वैवाहिक प्रस्ताव आउन सक्छ । व्यापारमा वृद्धि हुनेछ ।

सिंह: बिग्रिएका काम बन्ने छन् । लगानीबाट लाभ मिल्नेछ । सामाजिक कार्य गर्ने अवसर प्राप्त हुनेछ ।

कन्या: कुनै मांगलिक कार्य आयोजना हुनसक्छ । यात्रा लाभदायक रहने छ । बौद्धिक कार्य सफल रहने छ ।

तुला: यात्रा मनोनुकूल रहने छ । रोकिएको धन प्राप्त हुनेछ । लगानीबाट लाभ मिल्ने छ ।

वृश्चिक: थोरै प्रयासबाटै कार्यसिद्धि हुनाले प्रसन्नता रहने छ । लगानीबाट लाभ हुनेछ । काममा
मन लाग्ने छैन ।

धनु: हतार अथवा लापरवाही गर्दा हानि हुनसक्छ । शुभ समाचार प्राप्त हुनेछ । काममा सहकर्मीको सहयोग पाइने छ ।

मकर: काममा मन लाग्ने छैन । व्यावसायिक यात्रा लाभदायक रहने छ । आम्दानीमा वृद्धि हुनेछ ।

कुम्भ: अप्रत्याशित खर्च बढ्ने छ । सवारीसाधन, मेशिन तथा आगोको प्रयोगमा सावधानी अपनाउनु पर्नेछ । चिन्ता तथा तनाव रहने छ ।

मीन: व्यापार–व्यवसायबाट लाभ हुनेछ । अरुको कुरामा नआउनु होला । शत्रु शान्त रहने छन् ।

Published Date: 07 October 2023


ताजा
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
विपक्षी दलको बहिष्कारबीच बागमती प्रदेश सभाको बैठक सुरु
आज बुधबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली