देशका विभिन्न स्थानमा स्क्रब टाइफस देखिएसँगै सरकारद्वारा सर्तकता अपनाउन आग्रह

देशका विभिन्न स्थानमा स्क्रब टाइफस देखिएसँगै सरकारद्वारा सर्तकता अपनाउन आग्रह : Icon Khabar

काठमाडौँ, असोज १९ । मुलुकका विभिन्न स्थानमा स्क्रब टाइफस देखिएसँगै सरकारले सर्तकता अपनाउन आग्रह गरेको छ । किर्ना जस्तो देखिने माइटको टोकाईबाट स्क्रब टाइफस मान्छेमा सर्ने विज्ञहरुको भनाई छ । झाडी, खेतबारी, वनजंगल, घर वरिपरिक झाडी वा घुरान हुने ठाउँमा त्यस्ता किर्ना बस्ने गर्दछन् ।

स्क्रब टाइफस मानिसबाट मानिसमा नसर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ । धेरै ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु यसका लक्षण भएको मन्त्रालयले उल्लेख गरेको छ ।

खेतबारमिा काम गर्दा , वनजंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भए बुट लगाउन मन्त्रालयले आग्रह गरेको छ । मुसाबाट सो रोग सर्ने भएकाले नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्न पनि मन्त्रालयले सूचना मार्फत आग्रह गरेको छ ।

Published Date: 06 October 2023


ताजा
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड