देशका विभिन्न स्थानमा स्क्रब टाइफस देखिएसँगै सरकारद्वारा सर्तकता अपनाउन आग्रह

देशका विभिन्न स्थानमा स्क्रब टाइफस देखिएसँगै सरकारद्वारा सर्तकता अपनाउन आग्रह : Icon Khabar

काठमाडौँ, असोज १९ । मुलुकका विभिन्न स्थानमा स्क्रब टाइफस देखिएसँगै सरकारले सर्तकता अपनाउन आग्रह गरेको छ । किर्ना जस्तो देखिने माइटको टोकाईबाट स्क्रब टाइफस मान्छेमा सर्ने विज्ञहरुको भनाई छ । झाडी, खेतबारी, वनजंगल, घर वरिपरिक झाडी वा घुरान हुने ठाउँमा त्यस्ता किर्ना बस्ने गर्दछन् ।

स्क्रब टाइफस मानिसबाट मानिसमा नसर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ । धेरै ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु यसका लक्षण भएको मन्त्रालयले उल्लेख गरेको छ ।

खेतबारमिा काम गर्दा , वनजंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भए बुट लगाउन मन्त्रालयले आग्रह गरेको छ । मुसाबाट सो रोग सर्ने भएकाले नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्न पनि मन्त्रालयले सूचना मार्फत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 October 2023
Website | + posts