बझाङका भूकम्पपीडितहरुलाई तत्काल अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ उपलब्ध गराउने

बझाङका भूकम्पपीडितहरुलाई तत्काल अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ उपलब्ध गराउने : Icon Khabar

काठमाडौँ, असोज १९ । प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङका भूकम्पपीडितहरुलाई तत्काल अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।

मंगलबारको भूकम्पबाट भएको क्षतिको स्थलगत अवलोकन गर्न शुक्रबार बझाङ पुगेका प्रधानमन्त्री दाहालले सरकारका तर्फबाट पीडितहरुको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १४ बुँदे घोषणा गरेका छन् ।

त्यसक्रममा प्रधानमन्त्री दाहालले घर पूर्णरुपमा क्षति भएका परिवारलाई अस्थायी आवासका लागि तत्काल प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरे ।

प्रधानमन्त्री दाहालले भूकम्पबाट कहाँ, के, कति क्षति भएको छ भन्नेबारे छिट्टै यकिन गरिने र त्यस आधारमा सामान्य मर्मत सम्भार, प्रबलीकरण गर्नुपर्ने वा पुनर्निर्माण गर्नुपर्ने अवस्थाको तथ्यांक संकलन गरिने बताए ।

Published Date: 06 October 2023


ताजा
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड