सरकार र यातायात व्यवसायीबीच दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने सहमति

सरकार र यातायात व्यवसायीबीच दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने सहमति : Icon Khabar

काठमाडौं, असोज १९ । सरकार र यातायात व्यवसायीबीच दशैंका लागि सडक स्तरउन्नती गर्ने र अग्रिम टिकट बुकिङ खोल्ने सहमति भएको छ ।

शुक्रबार यातायात मन्त्री प्रकार ज्वाला र नेपाल यातायात व्यवसायी राष्ट्रिय व्यवसायी महासंघबीच भएको छलफलमा असोज २२ गते साेमबारबाट टिकट बुकिङ खोल्ने सहमति भएको हो ।

सहमतिसँगै दशैंका लागि असोज २२ गतेदेखि देशभरको सार्वजनिक यातायातको टिकट अग्रिम बुकिङ गर्न सकिने छ । यस अघि यातायात व्यवसायी भाडा वृद्धिको अडानले चाडपर्व लक्षित सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ रोकेका थिए ।

घटस्थापना सुरु हुन नौ दिन मात्रै बाँकी हुँदासमेत टिकट नखुलेपछि यातायात मन्त्रीले मन्त्रालयमा बैठक बोलाएका थिए ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय स्वाँरले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको जनाकारी दिए । ‘आज मन्त्रालयमा लामो छलफलपछि व्यवसायी र सरकार बीच टिकट खोल्ने सहमति भएको छ,’ उनले भने ‘ २२ गतेबाट टिकट खुल्छ।’

सार्वजनिक यातायात सुधारका १७ ओटा बुदाँमा आज मन्त्रालयमा छलफल भएको र यी समस्यालाई समाधान गर्न दशैं तिहारपछि एक कमिटी गठन गरेर अघि बढ्ने निर्णय भएको स्वाँरले बताए । उनका अनुसार भाडा समायोजनको बिषय पनि दशैंपछि नै छलफल हुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 October 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न