सरकार र यातायात व्यवसायीबीच दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने सहमति

सरकार र यातायात व्यवसायीबीच दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने सहमति : Icon Khabar

काठमाडौं, असोज १९ । सरकार र यातायात व्यवसायीबीच दशैंका लागि सडक स्तरउन्नती गर्ने र अग्रिम टिकट बुकिङ खोल्ने सहमति भएको छ ।

शुक्रबार यातायात मन्त्री प्रकार ज्वाला र नेपाल यातायात व्यवसायी राष्ट्रिय व्यवसायी महासंघबीच भएको छलफलमा असोज २२ गते साेमबारबाट टिकट बुकिङ खोल्ने सहमति भएको हो ।

सहमतिसँगै दशैंका लागि असोज २२ गतेदेखि देशभरको सार्वजनिक यातायातको टिकट अग्रिम बुकिङ गर्न सकिने छ । यस अघि यातायात व्यवसायी भाडा वृद्धिको अडानले चाडपर्व लक्षित सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ रोकेका थिए ।

घटस्थापना सुरु हुन नौ दिन मात्रै बाँकी हुँदासमेत टिकट नखुलेपछि यातायात मन्त्रीले मन्त्रालयमा बैठक बोलाएका थिए ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय स्वाँरले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको जनाकारी दिए । ‘आज मन्त्रालयमा लामो छलफलपछि व्यवसायी र सरकार बीच टिकट खोल्ने सहमति भएको छ,’ उनले भने ‘ २२ गतेबाट टिकट खुल्छ।’

सार्वजनिक यातायात सुधारका १७ ओटा बुदाँमा आज मन्त्रालयमा छलफल भएको र यी समस्यालाई समाधान गर्न दशैं तिहारपछि एक कमिटी गठन गरेर अघि बढ्ने निर्णय भएको स्वाँरले बताए । उनका अनुसार भाडा समायोजनको बिषय पनि दशैंपछि नै छलफल हुने उनको भनाई छ ।

Published Date: 06 October 2023


ताजा
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड