उपराष्ट्रपति यादव र जर्मनीका राजदूत प्रिन्जबीच शिष्टाचार भेटघाट

उपराष्ट्रपति यादव र जर्मनीका राजदूत प्रिन्जबीच शिष्टाचार भेटघाट : Icon Khabar

काठमाडौं, असोज १९ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेटघाट गरेका छन्। आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उपराष्ट्रपति यादव र राजदूत डा. प्रिन्जबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटघाटमा शुभकामना आदानप्रदानपछि उपराष्ट्रपति यादवले सन् १९५८ मा कूटनीतिक सम्बन्ध स्थापना भए पश्चात नेपाल र जर्मनीबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहादर्द्धपूर्ण रहेको र नेपालले दुई मुलुकबीचको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको बताए।

उपराष्ट्रपति यादवले कोभिड–१९ सङ्क्रमणको समयमा मूल्यवान सहयोग प्रदान गरेकोमा जर्मनीप्रति आभार समेत व्यक्त गरे ।

भेटघाटमा राजदूत प्रिन्जले नेपालको शान्ति र राजनीतिक स्थायित्वका लागि जर्मनीले निरन्तर सहयोग गर्दै नेपालको ऊर्जा, पर्यटन, उद्योगलगायतका क्षेत्रको विकासमा मद्दत गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जर्मन सरकारले ८० जना नेपालीलाई व्यवसायिक प्रशिक्षणका लागि जर्मनी लगिएको जानकारी दिँदै यो क्रम अगामी दिनमा पनि जारी राख्दै यो सङ्ख्या पाँच सयसम्म पुर्‍याउने लक्ष्य रहेको बताए।

Published Date: 06 October 2023


ताजा
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
विपक्षी दलको बहिष्कारबीच बागमती प्रदेश सभाको बैठक सुरु
आज बुधबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली