उपराष्ट्रपति यादव र जर्मनीका राजदूत प्रिन्जबीच शिष्टाचार भेटघाट

उपराष्ट्रपति यादव र जर्मनीका राजदूत प्रिन्जबीच शिष्टाचार भेटघाट : Icon Khabar

काठमाडौं, असोज १९ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेटघाट गरेका छन्। आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उपराष्ट्रपति यादव र राजदूत डा. प्रिन्जबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटघाटमा शुभकामना आदानप्रदानपछि उपराष्ट्रपति यादवले सन् १९५८ मा कूटनीतिक सम्बन्ध स्थापना भए पश्चात नेपाल र जर्मनीबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहादर्द्धपूर्ण रहेको र नेपालले दुई मुलुकबीचको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको बताए।

उपराष्ट्रपति यादवले कोभिड–१९ सङ्क्रमणको समयमा मूल्यवान सहयोग प्रदान गरेकोमा जर्मनीप्रति आभार समेत व्यक्त गरे ।

भेटघाटमा राजदूत प्रिन्जले नेपालको शान्ति र राजनीतिक स्थायित्वका लागि जर्मनीले निरन्तर सहयोग गर्दै नेपालको ऊर्जा, पर्यटन, उद्योगलगायतका क्षेत्रको विकासमा मद्दत गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जर्मन सरकारले ८० जना नेपालीलाई व्यवसायिक प्रशिक्षणका लागि जर्मनी लगिएको जानकारी दिँदै यो क्रम अगामी दिनमा पनि जारी राख्दै यो सङ्ख्या पाँच सयसम्म पुर्‍याउने लक्ष्य रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 October 2023
Website | + posts