जाँचपासको क्रममा शंकास्पद देखिने सामान नेपाल नल्याउन त्रिभुवन विमानस्थल भन्सारको आग्रह

जाँचपासको क्रममा शंकास्पद देखिने सामान नेपाल नल्याउन त्रिभुवन विमानस्थल भन्सारको आग्रह : Icon Khabar

काठमाडौं, असोज १९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयले विदेशबाट आउने यात्रु तथा विदेशमा बस्ने नेपाली नागरिकले आफ्नो व्यक्तिगत प्रयोजनका सामान आफूसंगै ल्याउँदा तथा कार्गोमार्फत आफ्ना परिवारलाई पठाउँदा इमरजेन्सी लाइट, पावर ब्याकअप, आइरन, हेयर ड्रायर, मिक्सर र पानी तान्ने मेशिनसमेत पठाउने गरेको पाइएको जनाएको छ ।

भन्सार कार्यालयले त्यस्ता सामानहरु एक्स रे मेशिनमा हेर्दा शंकास्पद देखिने र जाँचपासका क्रममा ब्याग खोलर, फुटाएर चेकजाँच गर्नुपर्ने अवस्था सिर्जना हुने गरेको उल्लेख गरेको छ ।

यसबाट सेवाग्राहीलाई धेरै क्षति पनि पुगेका कार्यलयले सूचनामा उल्लेख गर्दै भनेको छ– ‘त्यसैले विदेशबाट नेपाल आउँदा तथा नेपालमा रहेका परिवारलाई सामान पठाउँदा उल्लेखित सामान नपठाउन र नल्याउन अनुरोध गरिन्छ ।’

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जाँचपासको क्रममा शंकास्पद देखिने सामानको सूचीसहित नल्याउन र नपठाउन अनुरोध गरेको हो ।

Published Date: 06 October 2023


ताजा
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड