जाँचपासको क्रममा शंकास्पद देखिने सामान नेपाल नल्याउन त्रिभुवन विमानस्थल भन्सारको आग्रह

जाँचपासको क्रममा शंकास्पद देखिने सामान नेपाल नल्याउन त्रिभुवन विमानस्थल भन्सारको आग्रह : Icon Khabar

काठमाडौं, असोज १९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयले विदेशबाट आउने यात्रु तथा विदेशमा बस्ने नेपाली नागरिकले आफ्नो व्यक्तिगत प्रयोजनका सामान आफूसंगै ल्याउँदा तथा कार्गोमार्फत आफ्ना परिवारलाई पठाउँदा इमरजेन्सी लाइट, पावर ब्याकअप, आइरन, हेयर ड्रायर, मिक्सर र पानी तान्ने मेशिनसमेत पठाउने गरेको पाइएको जनाएको छ ।

भन्सार कार्यालयले त्यस्ता सामानहरु एक्स रे मेशिनमा हेर्दा शंकास्पद देखिने र जाँचपासका क्रममा ब्याग खोलर, फुटाएर चेकजाँच गर्नुपर्ने अवस्था सिर्जना हुने गरेको उल्लेख गरेको छ ।

यसबाट सेवाग्राहीलाई धेरै क्षति पनि पुगेका कार्यलयले सूचनामा उल्लेख गर्दै भनेको छ– ‘त्यसैले विदेशबाट नेपाल आउँदा तथा नेपालमा रहेका परिवारलाई सामान पठाउँदा उल्लेखित सामान नपठाउन र नल्याउन अनुरोध गरिन्छ ।’

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जाँचपासको क्रममा शंकास्पद देखिने सामानको सूचीसहित नल्याउन र नपठाउन अनुरोध गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 October 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने