अमिताभ बच्चन विज्ञापनका कारण विवादमा, चर्को आलोचना हुँदै

अमिताभ बच्चन विज्ञापनका कारण विवादमा, चर्को आलोचना हुँदै : Icon Khabar

मुम्बई, असोज १९ । बलिउड अभिनेता अमिताभ बच्चन एउटा विज्ञापनका कारण विवादमा घेरिएका छन् । अमिताभले उक्त विज्ञापन अनलाइन रिटेल पोर्टल फ्लिपकार्टका लागि गरेका थिए ।

उक्त विज्ञापनमा अमिताभले ‘यो सेलमा स्पेशल मोबाइल फोन डील्स तथा यस्ता अफरहरु पाइनेछ, जुन रिटेल स्टोरमा उपलब्ध छैन’ भन्नु नै भारी परेको छ ।

स्मार्टफोनका रिटेलरहरुले अमिताभ बच्चनको उक्त विज्ञापनको आलोचना गरेका छन् । यस बारेमा अमिताभविरुद्ध गुनासो पनि दर्ता गराएका छन् । स्मार्टफोन रिटेलरहरुले विज्ञापनले खरिदकर्तालाई झुक्याएको आरोप लगाएका छन् । अल इन्डिया मोबाइल रिटेलर्स एसोसिएशनले यस बारेमा स्मार्टफोन ब्राण्डलाई एउटा चिठ्ठि लेखेको छ ।

त्यस्तै सीएआइटीले कम्पनी र अमिताभविरुद्ध सीसीपीएमा झुठो दावी गरेको आरोप लगाएको मुद्दा दर्ता गराएको छ । उनले उक्त विज्ञापनलाई देशका साना व्यापारीविरुद्ध भएको बताएका छन् । यसका साथै विज्ञापन फिर्ता गर्नु पर्ने माग गरेका छन् । कन्फेडरेशन अफ अल इन्डिया ट्रेडर्सले सीसीपीएबाट पेना ल्टी लगाउन अनुरोध गरेको छ ।

क्लिपकार्टले चाडपर्वको पूर्व सन्ध्या पारेर ‘द बिग बिलियन डेज’ सेल प्रारम्भ गर्न थालेको छ । यहि कारणले कम्पनीको उक्त विज्ञापन भाइरल भइरहेको छ ।

अमिताभको विज्ञापनमा विवाद भएपछि कम्पनीले आफ्नो यूट्यूब च्यानलमा उक्त विज्ञापनलाई प्राइभेट गरेको छ ।

Published Date: 06 October 2023


ताजा
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड