अमिताभ बच्चन विज्ञापनका कारण विवादमा, चर्को आलोचना हुँदै

अमिताभ बच्चन विज्ञापनका कारण विवादमा, चर्को आलोचना हुँदै : Icon Khabar

मुम्बई, असोज १९ । बलिउड अभिनेता अमिताभ बच्चन एउटा विज्ञापनका कारण विवादमा घेरिएका छन् । अमिताभले उक्त विज्ञापन अनलाइन रिटेल पोर्टल फ्लिपकार्टका लागि गरेका थिए ।

उक्त विज्ञापनमा अमिताभले ‘यो सेलमा स्पेशल मोबाइल फोन डील्स तथा यस्ता अफरहरु पाइनेछ, जुन रिटेल स्टोरमा उपलब्ध छैन’ भन्नु नै भारी परेको छ ।

स्मार्टफोनका रिटेलरहरुले अमिताभ बच्चनको उक्त विज्ञापनको आलोचना गरेका छन् । यस बारेमा अमिताभविरुद्ध गुनासो पनि दर्ता गराएका छन् । स्मार्टफोन रिटेलरहरुले विज्ञापनले खरिदकर्तालाई झुक्याएको आरोप लगाएका छन् । अल इन्डिया मोबाइल रिटेलर्स एसोसिएशनले यस बारेमा स्मार्टफोन ब्राण्डलाई एउटा चिठ्ठि लेखेको छ ।

त्यस्तै सीएआइटीले कम्पनी र अमिताभविरुद्ध सीसीपीएमा झुठो दावी गरेको आरोप लगाएको मुद्दा दर्ता गराएको छ । उनले उक्त विज्ञापनलाई देशका साना व्यापारीविरुद्ध भएको बताएका छन् । यसका साथै विज्ञापन फिर्ता गर्नु पर्ने माग गरेका छन् । कन्फेडरेशन अफ अल इन्डिया ट्रेडर्सले सीसीपीएबाट पेना ल्टी लगाउन अनुरोध गरेको छ ।

क्लिपकार्टले चाडपर्वको पूर्व सन्ध्या पारेर ‘द बिग बिलियन डेज’ सेल प्रारम्भ गर्न थालेको छ । यहि कारणले कम्पनीको उक्त विज्ञापन भाइरल भइरहेको छ ।

अमिताभको विज्ञापनमा विवाद भएपछि कम्पनीले आफ्नो यूट्यूब च्यानलमा उक्त विज्ञापनलाई प्राइभेट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 October 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न