सिक्किममा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ३८ पुग्यो, १८ सैनिकसहित ७८ जना अझै बेपत्ता

सिक्किममा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ३८ पुग्यो, १८ सैनिकसहित ७८ जना अझै बेपत्ता : Icon Khabar

सिक्किम, असोज १९ । उत्तरी सिक्किमको ल्होनाक हिमताल विस्फोटपछि टिस्टा नदीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ । १८ सैनिकसहित ७८ जना अझै बेपत्ता छन् ।

बिहीबार साँझसम्म १८ जनाको मृत्यु राज्य सरकारले पुष्टि गरेको थियो । प्रहरी, सेना सहितको उद्धार टोलीले थप २० शव फेला पारेको हो ।

धेरैजसो शव बंगलादेश सीमा क्षेत्रमा फेला परेको भारतीय अखबार टाइम्स अफ इन्डियाले जनाएको छ । बाढीले बगाएर पश्चिम बंगालको तल्लो भेट बंगलादेशको सीमा नजिक पुर्‍याएका शवहरु पनि उद्धार गरिएको छ ।

बेपत्तामध्ये ४ जना सैनिकको शव बंगलादेश सीमा नजिक फेला परेको थियो । बाढीमा १८ भारतीय सैनिक अझै बेपत्ता छन् । भारतीय सैनिकको गोताखोर टोलीले बेपत्ता सैनिकको खोजी जारी राखेको छ ।

हाल वर्षा रोकिएको र पानीको सतह कम हुँदै गएकाले खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ ।

Published Date: 06 October 2023


ताजा
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड