सभामुख घिमिरेसँग अष्ट्रेलियाका सभामुख मिल्टन डिकको भेट

सभामुख घिमिरेसँग अष्ट्रेलियाका सभामुख मिल्टन डिकको भेट : Icon Khabar

काठमाडौं, असोज १७ । सभामुख देवराज घिमिरेसँग अष्ट्रेलियाका सभामुख मिल्टन डिकले बुधबार सिंहदरवारमा शिष्टाचार भेट गरेका छन्। सभामुखको कार्यकक्षमा भएको भेटघाटमा संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको छ ।

नेपाल र अष्ट्रेलिया दुवै स्वतन्त्र, खुला र विविधतायुक्त समाज भएका लोकतान्त्रिक मुलुक भएको उल्लेख गर्दै सभामुख घिमिरेले लोकतान्त्रिक पद्धति, मूल्य–मान्यता र संस्थालाई थप सुदृढ बनाउन अनुभव आदान–प्रदान गर्नुपर्नेमा जोड दिए । उनले उच्चस्तरीय भ्रमणले नेपाल र अष्ट्रेलियाबीच विद्यमान मित्रवत् सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।

अष्ट्रेलियामा संसदीय मैत्री समूह पुनःस्थापना भएकोमा खुसी व्यक्त गर्दै सभामुख घिमिरेले नेपालमा भर्खरै गठन भएको नेपाल–अष्ट्रेलिया मैत्री समूहले दुई देशका संसदबीचको सम्बन्धलाई थप गतिशील बनाउन विश्वास व्यक्त गरे। उनले युवा राजनीतिज्ञहरूको भ्रमण आदान–प्रदानले दुई देशबीचको राजनीतिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरे।

सभामुख घिमिरेले दुई देशबीच व्यापार तथा लगानी फ्रेमवर्क सम्झौतामा यथाशीघ्र हस्ताक्षर हुन सके दुई देशबीचको व्यापार तथा लगानीले थप गति लिने विश्वास व्यक्त गरे।

उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया महत्वपूर्ण गन्तव्य रहेको बताउँदै सभामुख घिमिरेले नेपाली विद्यार्थीहरुका लागि थप छात्रवृत्ति तथा अध्ययनपछि स्वदेशमै फर्कन प्रेरित गर्न आग्रह गरे।

अष्ट्रेलियाका सभामुख डिकले दुई मुलुकबीच जनस्तरमा सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिँदै आफ्नो मुलुक नेपालसँग विकास साझेदारी र जलवायु परिवर्तनविरुद्धको अभियानमा साथमै रहने बताए।

सभामुख डिकले नेपालमा पनि अष्ट्रेलिया हेर्ने गरी संसदीय मैत्री समूह गठन भएकोमा स्वागत गदै कानून निर्माण, बजेट लगायतका नीतिगत विषयमा छलफल हुने विश्वास व्यक्त गरे।

Published Date: 04 October 2023
Website | + posts




















ताजा
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ
हस्तमैथुन के हो ? यसका फाइदा, बेफाइदा र भ्रमबारे जान्नैपर्ने कुरा
भक्तपुरमा तीनदिने रोटरी पुस्तक प्रदर्शनी सम्पन्न


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक