बुधबार नेप्से परिसूचक ९.२४ अंकले बढ्यो, कारोबारको आधारमा सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा

बुधबार नेप्से परिसूचक ९.२४ अंकले बढ्यो, कारोबारको आधारमा सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा : Icon Khabar

काठमाडौँ, असोज १७ । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन साढे १७ अंक घटेर बन्द भएको नेप्से, आज भने सामान्य अंक बढेको हो।

आज नेप्से परिसूचक ९.२४ अंक बढेर १९६७.९७ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.५१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४६ अंक र सेन्सेटिभ इण्डेक्स ०.०५ अंक बढेको छ।

आज २८४ स्टकको ५८ हजार ७४१ पटकको कारोबारमा १ अर्ब १८ करोड ९९ लाख ३१ हजार रुपैयाँ बराबरको ४३ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहको परिसूचक बढेसँगै आज नेप्सेमा सामान्य सुधार देखिएको हो। यस दिन बैंकिङ्ग उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ।

होटल तथा पर्यटन उपसमूह्को परिसूचक सर्वाधिक १.५२ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। आज बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ०.०७ अंक घटेको छ।

कारोबार रकमका आधारमा आज सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको आज ६ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

Published Date: 04 October 2023
ताजा
प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्बिर सार्वजनिक
मंगलबार सुनको भाउ तोलामै ३ हजार ७०० रुपैयाँले बढ्यो
काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक