गौरीशंकर हिमालको काखमा थपक्कै बसेको दोलखा जिल्लाको छो रोल्पा हिमताल (फोटो फिचर)

गौरीशंकर हिमालको काखमा थपक्कै बसेको दोलखा जिल्लाको छो रोल्पा हिमताल (फोटो फिचर) : Icon Khabar

दोलखा, असोज १७ । छो रोल्पा दोलखा जिल्लाको रोल्वालिङ उपत्यकामा रहेको हिमताल हो। यो नेपालकै सवैभन्दा ठूलो हिमताल हो। समुद्र सतहबाट ४५८० मीटरको उचाईमा रहेको यस तालको उत्पति ५० वर्षअघि मात्र भएको अनुमान गरिएको छ ।

यो हिमताल, हिमालय, हिमनदीको अध्ययनमा लागेका व्यक्ति वा समुहका लागी भने यो नौंलो ठाँउ होइन । यो ताललाई सन १९९३ मा जल तथा शक्ति आयोगको सचिवालयको टोलीले पहिलो पटक अनुसन्धान गरेको थियो । त्यसपछि भने यसको विषयमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा कतिपय वैज्ञानिक अध्ययन अनुसन्धान भैसकेका छन ।

दोलखाको छेतछेतबाट ३२ किलोमिटर उक्लिएपछि आइपुग्छ नेपालकै सबैभन्दा ठूलो हिमताल च्छो रोल्पा । त्यसनजिकै ४७०० मिटरमाथि जमेको छ– दुधकुण्ड, जो गौरीशंकर संरक्षित क्षेत्रभित्र पर्छ । जैविक विविधताले भरिपूर्ण च्छोरोल्पा आउजाउ गर्ने बाटो रोल्वालिङ खोलाको किनारैकिनार तेर्सिएको छ । अनेक प्रजातिका गुराँस, सल्ला र धुपीहरू यहाँका रैथाने वनस्पती हुन् भने हिउँचितुवा, हाब्रे, ब्वाँसो र थारजस्ता जनावार अनि डाँफे, चिलिमे, मलेवा जस्ता चराको यो घर हो ।

तिब्बती सीमानाबाट ५ किलोमिटर मात्रै वर पर्ने बौद्धालम्बी शेर्पाबाहुल नागाउँबाट बिहानै उठेर ३ घण्टा हिँडेपछि च्छो रोल्पा तालमा पुगिन्छ, जो गौरीशंकर हिमालको काखमा थपक्कै बसेको छ । त्यहाँबाट पनि अर्को ३ घण्टा कष्टकर बाटो हिँडेपछी आइपुग्छ दुधकुण्ड ।

फुट्ने खतराको सुचिमा अग्र स्थान छ– च्छो रोल्पा । कथं ताल फुटिहाल्यो भने त्यसलाई सूचित गर्नेगरी रोल्वालिङ भ्यालीमा विभिन्न प्रकारका साइरन तथा अन्य वैज्ञानिक उपकरण जडान गरिएको छ । जलवायु परिवर्तनका कारण तापक्रम बढ्नाले हिउँ पग्लने गति बढ्दो क्रममा छ । यसले ताल फुट्ने जोखिम बढाएको हो ।

Published Date: 04 October 2023
ताजा
मंगलबार सुनको भाउ तोलामै ३ हजार ७०० रुपैयाँले बढ्यो
काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय
पहाडी र हिमाली भू-भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक