गौरीशंकर हिमालको काखमा थपक्कै बसेको दोलखा जिल्लाको छो रोल्पा हिमताल (फोटो फिचर)

गौरीशंकर हिमालको काखमा थपक्कै बसेको दोलखा जिल्लाको छो रोल्पा हिमताल (फोटो फिचर) : Icon Khabar

दोलखा, असोज १७ । छो रोल्पा दोलखा जिल्लाको रोल्वालिङ उपत्यकामा रहेको हिमताल हो। यो नेपालकै सवैभन्दा ठूलो हिमताल हो। समुद्र सतहबाट ४५८० मीटरको उचाईमा रहेको यस तालको उत्पति ५० वर्षअघि मात्र भएको अनुमान गरिएको छ ।

यो हिमताल, हिमालय, हिमनदीको अध्ययनमा लागेका व्यक्ति वा समुहका लागी भने यो नौंलो ठाँउ होइन । यो ताललाई सन १९९३ मा जल तथा शक्ति आयोगको सचिवालयको टोलीले पहिलो पटक अनुसन्धान गरेको थियो । त्यसपछि भने यसको विषयमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा कतिपय वैज्ञानिक अध्ययन अनुसन्धान भैसकेका छन ।

दोलखाको छेतछेतबाट ३२ किलोमिटर उक्लिएपछि आइपुग्छ नेपालकै सबैभन्दा ठूलो हिमताल च्छो रोल्पा । त्यसनजिकै ४७०० मिटरमाथि जमेको छ– दुधकुण्ड, जो गौरीशंकर संरक्षित क्षेत्रभित्र पर्छ । जैविक विविधताले भरिपूर्ण च्छोरोल्पा आउजाउ गर्ने बाटो रोल्वालिङ खोलाको किनारैकिनार तेर्सिएको छ । अनेक प्रजातिका गुराँस, सल्ला र धुपीहरू यहाँका रैथाने वनस्पती हुन् भने हिउँचितुवा, हाब्रे, ब्वाँसो र थारजस्ता जनावार अनि डाँफे, चिलिमे, मलेवा जस्ता चराको यो घर हो ।

तिब्बती सीमानाबाट ५ किलोमिटर मात्रै वर पर्ने बौद्धालम्बी शेर्पाबाहुल नागाउँबाट बिहानै उठेर ३ घण्टा हिँडेपछि च्छो रोल्पा तालमा पुगिन्छ, जो गौरीशंकर हिमालको काखमा थपक्कै बसेको छ । त्यहाँबाट पनि अर्को ३ घण्टा कष्टकर बाटो हिँडेपछी आइपुग्छ दुधकुण्ड ।

फुट्ने खतराको सुचिमा अग्र स्थान छ– च्छो रोल्पा । कथं ताल फुटिहाल्यो भने त्यसलाई सूचित गर्नेगरी रोल्वालिङ भ्यालीमा विभिन्न प्रकारका साइरन तथा अन्य वैज्ञानिक उपकरण जडान गरिएको छ । जलवायु परिवर्तनका कारण तापक्रम बढ्नाले हिउँ पग्लने गति बढ्दो क्रममा छ । यसले ताल फुट्ने जोखिम बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 04 October 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न