दशैंमा जथाभावी भाडा लिएर यात्रुलाई ठग्ने व्यवसायीमाथि कडा कारवाही हुने

दशैंमा जथाभावी भाडा लिएर यात्रुलाई ठग्ने व्यवसायीमाथि कडा कारवाही हुने : Icon Khabar

काठमाडौं, असोज १७ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले दसैँअघि नै बसको टिकटका लागि अग्रिम बुकिङ खुला गर्ने जानकारी दिएका छन् ।

मन्त्री ज्वालाले जथाभावी भाडा लिएर यात्रुलाई ठग्ने व्यवसायीमाथि कडा कारवाही गर्ने पनि बताए । उनले भने– ‘यातायात कार्यलयसँग समन्वय गरेर टिकटको अग्रिम बुकिङ खुला गर्ने यो सबैभन्दा महत्वपूर्ण काम छ । अग्रिम बुकिङ खुला गर्नेदेखि लिएर सार्वजनिक सवारी साधनहरु सहज रुपमा सञ्चालन गर्न सकिन्छ । भाडा दर जथाभावी उठाउनेलाई कडा कारबाही गरिने छ ।’

बुधवार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले दसैँलगायतका चाडपर्व अघि नै सडक र यातायात क्षेत्रको उचित व्यवस्थापनका गर्नका लागि प्रक्रियागत झमेला रहेको भन्दै उनले बजेट अभावमा भनेजस्तो व्यवस्थापन हुन नसक्ने अवस्था रहेको बताए ।

मन्त्री ज्वालाले चाडपर्व लक्षित सडक मर्मत बजेटको अभावका कारण भनेजस्तो व्यवस्थापन हुननसक्ने अवस्था नरहेको बताएका छन् ।
उनले भने, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय चाडपर्व लक्षित यातायात व्यवस्था सहजीकरण र सडक मर्मत सम्भारका लागि गम्भीर छ । तर बजेट अभावले भनेजस्तो नहुन पनि सक्छ । प्रक्रियागत झमेलाहरू पनि छन् ।’

मन्त्री ज्वालाले भएका स्रोत र साधनको अधिकतम परिचालन गरी दसैँअघि नै सडक मर्मत र यातायातको आवश्यक व्यवस्था मिलाउनका लागि मातहतका निकायलाई निर्देशन दिइएको जानकारी दिए ।

उनले भने, ‘भएका स्रोतलाई अत्यधिक प्रयोग गरेर सडक मर्मत गर्ने कुरा, खाल्डाखुल्डी व्यवस्थापन गर्ने कुरा र यातायात सहज गर्ने कुरामा मन्त्रालय गम्भीर छ । दसैँअगाडि चाहिँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने सडकहरूका खाल्डाखुल्डी व्यवस्थित गरिसक्छौँ । त्यसैअनुसार हामीले निर्देशन दिइरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 October 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने