दशैंमा जथाभावी भाडा लिएर यात्रुलाई ठग्ने व्यवसायीमाथि कडा कारवाही हुने

दशैंमा जथाभावी भाडा लिएर यात्रुलाई ठग्ने व्यवसायीमाथि कडा कारवाही हुने : Icon Khabar

काठमाडौं, असोज १७ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले दसैँअघि नै बसको टिकटका लागि अग्रिम बुकिङ खुला गर्ने जानकारी दिएका छन् ।

मन्त्री ज्वालाले जथाभावी भाडा लिएर यात्रुलाई ठग्ने व्यवसायीमाथि कडा कारवाही गर्ने पनि बताए । उनले भने– ‘यातायात कार्यलयसँग समन्वय गरेर टिकटको अग्रिम बुकिङ खुला गर्ने यो सबैभन्दा महत्वपूर्ण काम छ । अग्रिम बुकिङ खुला गर्नेदेखि लिएर सार्वजनिक सवारी साधनहरु सहज रुपमा सञ्चालन गर्न सकिन्छ । भाडा दर जथाभावी उठाउनेलाई कडा कारबाही गरिने छ ।’

बुधवार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले दसैँलगायतका चाडपर्व अघि नै सडक र यातायात क्षेत्रको उचित व्यवस्थापनका गर्नका लागि प्रक्रियागत झमेला रहेको भन्दै उनले बजेट अभावमा भनेजस्तो व्यवस्थापन हुन नसक्ने अवस्था रहेको बताए ।

मन्त्री ज्वालाले चाडपर्व लक्षित सडक मर्मत बजेटको अभावका कारण भनेजस्तो व्यवस्थापन हुननसक्ने अवस्था नरहेको बताएका छन् ।
उनले भने, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय चाडपर्व लक्षित यातायात व्यवस्था सहजीकरण र सडक मर्मत सम्भारका लागि गम्भीर छ । तर बजेट अभावले भनेजस्तो नहुन पनि सक्छ । प्रक्रियागत झमेलाहरू पनि छन् ।’

मन्त्री ज्वालाले भएका स्रोत र साधनको अधिकतम परिचालन गरी दसैँअघि नै सडक मर्मत र यातायातको आवश्यक व्यवस्था मिलाउनका लागि मातहतका निकायलाई निर्देशन दिइएको जानकारी दिए ।

उनले भने, ‘भएका स्रोतलाई अत्यधिक प्रयोग गरेर सडक मर्मत गर्ने कुरा, खाल्डाखुल्डी व्यवस्थापन गर्ने कुरा र यातायात सहज गर्ने कुरामा मन्त्रालय गम्भीर छ । दसैँअगाडि चाहिँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने सडकहरूका खाल्डाखुल्डी व्यवस्थित गरिसक्छौँ । त्यसैअनुसार हामीले निर्देशन दिइरहेका छौं ।’

Published Date: 04 October 2023
ताजा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय