‘ग्लोबल इनोभेसन इन्डेक्स’ मा नेपाल ३ स्थान माथि उक्लियो

‘ग्लोबल इनोभेसन इन्डेक्स’ मा नेपाल ३ स्थान माथि उक्लियो : Icon Khabar

काठमाडौं, असोज ११ । ‘ग्लोबल इनोभेसन इन्डेक्स २०२३’ मा नेपाल ३ स्थान माथि उक्लिएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको ‘विश्व बौद्धिक सम्पति संगठन’ ले जारी गर्ने १३२ वटा देशहरुको सूचीमा नेपाल १०८औं स्थानमा उक्लिएको हो । सन् २०२२ मा भने नेपाल उक्त सूचकांकको १११औं स्थानमा रहेको थियो । यस वर्ष इनोभेसन सूचकांकमा नेपालले १८.८ अंक प्राप्त गरेको छ ।

इनोभेसन (नवाचार वा नवप्रवर्तन) मा नेपालले आफ्नो विकासको स्तरअनुरुप नै प्रदर्शन गरेको सूचकांकमा उल्लेख छ । नेपालले इनोभेसन आउटपुटमा भन्दा इनपुटमा राम्रो प्रदर्शन गरेको छ । इनोभेसन आउटपुटमा नेपाल १०३औं स्थानमा छ भने इनपुटमा १०६औं स्थानमा छ ।
इनोभेसन इन्डेक्समा निम्न मध्यम आय भएका ३७ मुलुकहरुमध्ये नेपाल २४औं स्थानमा रहेको छ । इनोभेसन सूचकांकले नवाचार वा नवप्रवर्तनका लागि देशहरुको क्षमता र सफलताका आधारमा वार्षिकरुपमा ‘र्‍यांकिङ’ गर्दछ ।

यो ज्ञान र प्रविधि आउटपुट, रचनात्मक आउटपुट, व्यापार, बजार, मानव पुँजी र अनुसन्धान, पूर्वाधार र संस्थागत गरी ७ क्षेत्रमा केन्द्रत रहेको छ । जसमा मानव पुँजी र अनुसन्धानमा सबैभन्दा कमजोर (१२३औं स्थान) देखिएको छ । यता, बजारको क्षेत्रमा भने प्रदर्शन राम्रो (६३औं स्थान) देखिएको छ । लघुवित्तको ऋण प्रवाहको क्षेत्रमा नेपालको प्रदर्शन राम्रो रहेको छ ।

‘ग्लोबल इनोभेसन इन्डेक्स २०२३’ सूचकांकमा स्वीट्जरल्याण्ड लगातार १३औं वर्ष पहिलो स्थानमा आएको छ । यसले ६७.६ अंक प्राप्त गरेको छ । दोस्रोमा स्वीडेन र तेस्रोमा अमेरिका रहेका छन् । सूचकांकको पुच्छार अर्थात १३२औं स्थानमा एंगोला रहेको छ । दक्षिण एसियाली देशमा भारत ४०औं, पाकिस्तान ८८औं, श्रीलंका ९०औं र बंगलादेश १०५औं स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 September 2023
Website | + posts


ताजा
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार नेप्से परिसूचकमा गिरावट
दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग