‘ग्लोबल इनोभेसन इन्डेक्स’ मा नेपाल ३ स्थान माथि उक्लियो

‘ग्लोबल इनोभेसन इन्डेक्स’ मा नेपाल ३ स्थान माथि उक्लियो : Icon Khabar

काठमाडौं, असोज ११ । ‘ग्लोबल इनोभेसन इन्डेक्स २०२३’ मा नेपाल ३ स्थान माथि उक्लिएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको ‘विश्व बौद्धिक सम्पति संगठन’ ले जारी गर्ने १३२ वटा देशहरुको सूचीमा नेपाल १०८औं स्थानमा उक्लिएको हो । सन् २०२२ मा भने नेपाल उक्त सूचकांकको १११औं स्थानमा रहेको थियो । यस वर्ष इनोभेसन सूचकांकमा नेपालले १८.८ अंक प्राप्त गरेको छ ।

इनोभेसन (नवाचार वा नवप्रवर्तन) मा नेपालले आफ्नो विकासको स्तरअनुरुप नै प्रदर्शन गरेको सूचकांकमा उल्लेख छ । नेपालले इनोभेसन आउटपुटमा भन्दा इनपुटमा राम्रो प्रदर्शन गरेको छ । इनोभेसन आउटपुटमा नेपाल १०३औं स्थानमा छ भने इनपुटमा १०६औं स्थानमा छ ।
इनोभेसन इन्डेक्समा निम्न मध्यम आय भएका ३७ मुलुकहरुमध्ये नेपाल २४औं स्थानमा रहेको छ । इनोभेसन सूचकांकले नवाचार वा नवप्रवर्तनका लागि देशहरुको क्षमता र सफलताका आधारमा वार्षिकरुपमा ‘र्‍यांकिङ’ गर्दछ ।

यो ज्ञान र प्रविधि आउटपुट, रचनात्मक आउटपुट, व्यापार, बजार, मानव पुँजी र अनुसन्धान, पूर्वाधार र संस्थागत गरी ७ क्षेत्रमा केन्द्रत रहेको छ । जसमा मानव पुँजी र अनुसन्धानमा सबैभन्दा कमजोर (१२३औं स्थान) देखिएको छ । यता, बजारको क्षेत्रमा भने प्रदर्शन राम्रो (६३औं स्थान) देखिएको छ । लघुवित्तको ऋण प्रवाहको क्षेत्रमा नेपालको प्रदर्शन राम्रो रहेको छ ।

‘ग्लोबल इनोभेसन इन्डेक्स २०२३’ सूचकांकमा स्वीट्जरल्याण्ड लगातार १३औं वर्ष पहिलो स्थानमा आएको छ । यसले ६७.६ अंक प्राप्त गरेको छ । दोस्रोमा स्वीडेन र तेस्रोमा अमेरिका रहेका छन् । सूचकांकको पुच्छार अर्थात १३२औं स्थानमा एंगोला रहेको छ । दक्षिण एसियाली देशमा भारत ४०औं, पाकिस्तान ८८औं, श्रीलंका ९०औं र बंगलादेश १०५औं स्थानमा रहेका छन् ।

Published Date: 28 September 2023


ताजा
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न