पैदल हिड्दै राष्ट्रपति पौडेल पुगे हनुमानढोका, इन्द्रजात्रा अवलोकन

पैदल हिड्दै राष्ट्रपति पौडेल पुगे हनुमानढोका, इन्द्रजात्रा अवलोकन : Icon Khabar

काठमाडौँ, असोज ११ । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदलै हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गएर जात्रा अवलोकन गरेका हुन् ।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्ध सालिकबाट पैदल गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्दी बैठकअघिसम्म नै गाडीमा जाने गरेका थिए । जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रीगण, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी पनि पैदल नै गद्दी बैठकसम्म गएका थिए ।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन मंगलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको बिहीबार मुख्य दिन हो । बिहीबार तल्लो टोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 September 2023
Website | + posts


ताजा
शुक्रबार सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढ्यो
दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने
मनासलु हिमालमा आरोहण सुरु, बिहीबार थप १० जना आरोही चुचुरोमा पुगे
आजको मौसम पूर्वानुमान: कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
भक्तपुरको एक डेरी पसलमा आगलागी, ३ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति