लुम्बिनी अल स्टार्सलेले जित्यो नेपाल टी–२० लिगको उपाधि

लुम्बिनी अल स्टार्सलेले जित्यो नेपाल टी–२० लिगको उपाधि : Icon Khabar

काठमाडौँ, पुष २७। नेपाल टी–२० लिगको उपाधि लुम्बिनी अल स्टार्सलेले जितेको छ। विराटनगर सुपर किंग्सलाई २४ रनले हराउदै लुम्बिनी अल स्टार्स बिजयी भएको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा १० मध्ये ८ जितसहित शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेकाे लुम्बिनीले पहिलाे क्वालिफायरमा जनकपुर राेयल्सलाई पराजित गरी फाइनलमा पुगेकाे हाे ।

उपाधिसँगै लुम्बिनीले ५५ लाख रूपैयाँ पुरस्कार पाएकाे छ । उपविजेता विराटनगरले ३० लाख रूपैयाँ पुरस्कार पाएकाे छ । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाउनेछ ।

लिगको सर्वोत्कृष्ट खेलाडीले ५ लाख र उत्कृष्ट ब्याटर र बलरले जनही २ लाख ५० हजार पाउनेछन् ।

Published Date: 11 January 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु