लुम्बिनी अल स्टार्सलेले जित्यो नेपाल टी–२० लिगको उपाधि

लुम्बिनी अल स्टार्सलेले जित्यो नेपाल टी–२० लिगको उपाधि : Icon Khabar

काठमाडौँ, पुष २७। नेपाल टी–२० लिगको उपाधि लुम्बिनी अल स्टार्सलेले जितेको छ। विराटनगर सुपर किंग्सलाई २४ रनले हराउदै लुम्बिनी अल स्टार्स बिजयी भएको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा १० मध्ये ८ जितसहित शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेकाे लुम्बिनीले पहिलाे क्वालिफायरमा जनकपुर राेयल्सलाई पराजित गरी फाइनलमा पुगेकाे हाे ।

उपाधिसँगै लुम्बिनीले ५५ लाख रूपैयाँ पुरस्कार पाएकाे छ । उपविजेता विराटनगरले ३० लाख रूपैयाँ पुरस्कार पाएकाे छ । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाउनेछ ।

लिगको सर्वोत्कृष्ट खेलाडीले ५ लाख र उत्कृष्ट ब्याटर र बलरले जनही २ लाख ५० हजार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 January 2023
Website | + posts