नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको कारोबार आजबाट सुरु

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको कारोबार आजबाट सुरु : Icon Khabar

काठमाडौं, पुस २७ । नेपालमा वाणिज्य बैंकहरु मर्ज गर्ने सिलसिलामा साविकको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकापसमा गाभिएपछि आजबाट ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’को नाममा एकीकृत कारोबार सुरु भएको छ।

काठमाडौंमा आज आयोजना भएको एक समारोह बीच नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा एकीकृत कारोबार सुरु भएको घोषणा गरे।

दुई बैंक गाभिएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी रु ३४ अर्ब १२ करोड, कुल सम्पत्ति रु चार खर्ब ७१ अर्ब र कुल पुँजी रु ५८ अर्ब पुगेको छ । त्यस्तै, कुल निक्षेप रु तीन खर्ब ६० अर्ब र कुल कर्जा रु तीन खर्ब २९ अर्ब रहेको बैंकले जनाएको छ । मर्जरपछि यो बैंकको शाखा सञ्जाल दुई सय ९६, एक्सटेन्सन काउन्टर ५९, एटिएम दुई सय ७९ र ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी रहेको पनि बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 January 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने