आगलागीका कारण आमाछोरीको मृत्यु

आगलागीका कारण आमाछोरीको मृत्यु : Icon Khabar

सल्यान, भदौ ३० । शुक्रबार राति आफ्नै घरमा सुतेको अवस्थामा लागेको आगोका कारण आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए ।

उनीहरुको शव जलेको अवस्थामा शनिबार बिहान फेला परेको उनले बताए । आगलागी कसरी भयो भन्ने खुलेको छैन ।

‘प्रहरी निरिक्षकसहितको टोली घटनास्थलमा पुग्नु भएको छ,’ उनले भने, ‘के कारणले आगलागी भयो भन्ने स्पष्ट खुलेको छैन । प्रारम्भिक अनुसन्धानमा हेर्दा ग्याँस लिक भएर आगलागी भएको हुन सक्ने देखिन्छ ।’

घटनाबारे अनुसन्धान जारी रहेको उनले बताए ।

Published Date: 16 September 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु