आमिर खानकी छोरी आइराको विवाहको टुँगो, ससुरा बन्दै आमिर खान

आमिर खानकी छोरी आइराको विवाहको टुँगो, ससुरा बन्दै आमिर खान : Icon Khabar

मुम्बई, भदौ ३० । आमिर खानकी छोरी आइरा खान नीजि जीवनका कारण बारम्बार चर्चामा आइरन्छन् ।

आइरा फिल्म क्षेत्रबाट टाढा भएता पनि कहिलेकाहिँ आफ्नो सम्बन्ध, अभिव्यक्ति त कहिले आफ्ना प्रेमिसंगको बोल्ड तस्बिरहरुका कारण सामाजिक सञ्जालमा चर्चामा आइरहन्छिन् ।

यसैबीच आइराको विवाहको टुँगो लागेको खबर आएको छ । उनी नयाँ वर्ष २०२४ मा विवाह बन्धनमा बाँधिन लागेको भारतीय सञ्चार माध्यमहरुले दावी गरेका छन् ।

आइराले आफ्नो प्रेमी नुपुर शिखरेसंग नयाँ वर्षको तेस्रो दिन अर्थात जनवरी ३ मा कोर्ट म्यारिज गर्ने भएकी छिन् । त्यसपछि विवाहको पार्टी उदयपुरमा राखिने योजना रहेको छ ।

उदयपुरमा उनीहरुको वैवाहिक समारोह तीन दिनसम्म चल्ने भएको छ । यो विवाहमा नजिकका साथिभाइ र आफन्त सहभागि हुनेछन् । तर विवाहमा बलिउडका कलाकारलाई बोलाइने छैन ।

आइरा खान र नुपुर शिखरेले अघिल्लो वर्षको सेप्टेम्बर महिनामा स्वयंवर गरेका थिए । उक्त समारोहमा परिवारका केहि नजिकका सदस्य तथा साथिभाइ सहभागि भएका थिए । उक्त स्वयंवरमा आमिर खानले भव्य नृत्य समेत गरेका थिए ।

नृत्यको भिडियो भाइरल नै भएको थियो । नुपुर एक जिम ट्रेनर हुन् । उनी आइराको समेत जिम ट्रेनर थिए । त्यहि क्रममा दुवैको मित्रता हुँदै प्रेम भएको थियो ।

Published Date: 16 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास