आमिर खानकी छोरी आइराको विवाहको टुँगो, ससुरा बन्दै आमिर खान

आमिर खानकी छोरी आइराको विवाहको टुँगो, ससुरा बन्दै आमिर खान : Icon Khabar

मुम्बई, भदौ ३० । आमिर खानकी छोरी आइरा खान नीजि जीवनका कारण बारम्बार चर्चामा आइरन्छन् ।

आइरा फिल्म क्षेत्रबाट टाढा भएता पनि कहिलेकाहिँ आफ्नो सम्बन्ध, अभिव्यक्ति त कहिले आफ्ना प्रेमिसंगको बोल्ड तस्बिरहरुका कारण सामाजिक सञ्जालमा चर्चामा आइरहन्छिन् ।

यसैबीच आइराको विवाहको टुँगो लागेको खबर आएको छ । उनी नयाँ वर्ष २०२४ मा विवाह बन्धनमा बाँधिन लागेको भारतीय सञ्चार माध्यमहरुले दावी गरेका छन् ।

आइराले आफ्नो प्रेमी नुपुर शिखरेसंग नयाँ वर्षको तेस्रो दिन अर्थात जनवरी ३ मा कोर्ट म्यारिज गर्ने भएकी छिन् । त्यसपछि विवाहको पार्टी उदयपुरमा राखिने योजना रहेको छ ।

उदयपुरमा उनीहरुको वैवाहिक समारोह तीन दिनसम्म चल्ने भएको छ । यो विवाहमा नजिकका साथिभाइ र आफन्त सहभागि हुनेछन् । तर विवाहमा बलिउडका कलाकारलाई बोलाइने छैन ।

आइरा खान र नुपुर शिखरेले अघिल्लो वर्षको सेप्टेम्बर महिनामा स्वयंवर गरेका थिए । उक्त समारोहमा परिवारका केहि नजिकका सदस्य तथा साथिभाइ सहभागि भएका थिए । उक्त स्वयंवरमा आमिर खानले भव्य नृत्य समेत गरेका थिए ।

नृत्यको भिडियो भाइरल नै भएको थियो । नुपुर एक जिम ट्रेनर हुन् । उनी आइराको समेत जिम ट्रेनर थिए । त्यहि क्रममा दुवैको मित्रता हुँदै प्रेम भएको थियो ।

Published Date: 16 September 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक