गैह्रीगाउँ सामुहिक हत्या प्रकरण : ट्याक्सी चढेर प्रहरीलाई खबर गर्न पुगेका शंकास्पद युवक पक्राउ

गैह्रीगाउँ सामुहिक हत्या प्रकरण : ट्याक्सी चढेर प्रहरीलाई खबर गर्न पुगेका शंकास्पद युवक पक्राउ : Icon Khabar

काठमाडौँ, भदौ ३० । काठमाडौंको गैह्रीगाउँको सामुहिक हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार राति दिव्य सःमिलमा चार जनाको हत्या भएको थियो । उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई रहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ । थप अनुसन्धानका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी परिसर काठमाडौंको टोली खटिएको प्रमुख थापाले जानकारी दिए ।

घटनाको यकिन कारण खुलेको छैन । घटनास्थलमा नेपाल प्रहरीको केनाइन महाशाखाबाट ट्रयाकर कुकुरहरू पनि ल्याएको छ । काठमाडौंको गैह्रीगाउँमा शुक्रबार राति एकै परिवारका तीनसहित चार जनाको हत्या भएको हो । काठ मिलभित्र उनीहरु हत्या गरिएको अवस्थामा भेटिएका हुन् । दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । काठमिलमा कुमार श्रीमतीसँग बस्दै आएका थिए । शुभद्रा केही दिनअघि श्राद्ध गर्न आएकी थिइन् ।

उनी हिजो मात्र छोराकोमा आएको पाइएको छ । यस्तै मोरङका अन्दाजी २० वर्षीय नविन राई पनि मृत भेटिएका छन् । उनी त्यहाँको कामदार नभएको पाइएको छ । प्रहरीका अनुसार सोही काठ मिलमा काम गर्दै आएका कामदारका छोरा दीपेन्द्र राई मध्यरातमा प्रहरीलाई खबर गर्न पुगेका थिए । उनी ट्याक्सी चढेर तिनकुने प्रहरी वृत्तमा पुगेको खुल्न आएको छ । प्रहरीले उनैलाई नियन्त्रणमा लिएको हो । उक्त काठमिल दोलखामा सांसद हारेका बालकृष्ण शिवाकोटीको भएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 September 2023






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न