गैह्रीगाउँ सामुहिक हत्या प्रकरण : ट्याक्सी चढेर प्रहरीलाई खबर गर्न पुगेका शंकास्पद युवक पक्राउ

गैह्रीगाउँ सामुहिक हत्या प्रकरण : ट्याक्सी चढेर प्रहरीलाई खबर गर्न पुगेका शंकास्पद युवक पक्राउ : Icon Khabar

काठमाडौँ, भदौ ३० । काठमाडौंको गैह्रीगाउँको सामुहिक हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार राति दिव्य सःमिलमा चार जनाको हत्या भएको थियो । उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई रहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ । थप अनुसन्धानका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी परिसर काठमाडौंको टोली खटिएको प्रमुख थापाले जानकारी दिए ।

घटनाको यकिन कारण खुलेको छैन । घटनास्थलमा नेपाल प्रहरीको केनाइन महाशाखाबाट ट्रयाकर कुकुरहरू पनि ल्याएको छ । काठमाडौंको गैह्रीगाउँमा शुक्रबार राति एकै परिवारका तीनसहित चार जनाको हत्या भएको हो । काठ मिलभित्र उनीहरु हत्या गरिएको अवस्थामा भेटिएका हुन् । दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । काठमिलमा कुमार श्रीमतीसँग बस्दै आएका थिए । शुभद्रा केही दिनअघि श्राद्ध गर्न आएकी थिइन् ।

उनी हिजो मात्र छोराकोमा आएको पाइएको छ । यस्तै मोरङका अन्दाजी २० वर्षीय नविन राई पनि मृत भेटिएका छन् । उनी त्यहाँको कामदार नभएको पाइएको छ । प्रहरीका अनुसार सोही काठ मिलमा काम गर्दै आएका कामदारका छोरा दीपेन्द्र राई मध्यरातमा प्रहरीलाई खबर गर्न पुगेका थिए । उनी ट्याक्सी चढेर तिनकुने प्रहरी वृत्तमा पुगेको खुल्न आएको छ । प्रहरीले उनैलाई नियन्त्रणमा लिएको हो । उक्त काठमिल दोलखामा सांसद हारेका बालकृष्ण शिवाकोटीको भएको पाइएको छ ।

Published Date: 16 September 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु