भीम आदर्शमा बाल दिवस सम्पन्न

भीम आदर्शमा बाल दिवस सम्पन्न : Icon Khabar

भक्तपुर, भदौ २९ । भीम आदर्श आधारभूत विद्यालयमा अतिरिक्त प्रतियोगिता संचालन गरी अन्तर्राष्ट्रिय बालदिवश बाल सम्पन्न गरेको छ ।

विद्यालयका प्रअ दीपक माकले बाल अधिकारलाई प्रत्याभूत गर्ने उद्देश्यले विद्यालयमा विभिन्न तहका विद्यार्थीहरूलाई सक्रिय सहभागिता गराएको बताउँदै विद्यार्थीहरूको भविष्यलाई सुरक्षित पार्न तिनीहरूको लागि आवश्यक लगानी राज्य र सरकारले गर्नुपर्ने बताए ।

उक्त कार्यक्रममा म्युजिकल चियर, बल एण्ड स्पोन, क्याप्टर पिलर, बल क्यारी, एक खुट्टे तथा तीन खुट्टे खेलहरूमा विद्यालयका नर्सरी कक्षा देखि ७ सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता जनाएका थिए ।

उत्कृष्ट खेल प्रदर्शन गरेका विद्यार्थीहरूलाई विद्यालयका प्रअ दीपक माकले पुरस्कार वितरण गरेको सो कार्यक्रममा विद्यार्थीहरूले आआफ्नो सांस्कृतिक प्रस्तुतिको रूपमा नृत्य प्रस्तुत गरेका थिए ।

Published Date: 15 September 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु