गणेशमान सिंह स्मृति फुटसल असोज २ गते

गणेशमान सिंह स्मृति फुटसल असोज २ गते : Icon Khabar

काठमाडौं, भदौ २९ ।नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता लौह पुरुष गणेशमान सिंहको २६औं स्मृति दिवसमा काठमाडौं जिल्लाव्यापी अन्तरपालिका फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

काठमाडौं जिल्ला नेपाल तरुण दलको आयोजनामा हुने प्रतियोगितामा काठमाडौंका ११ पालिकाको सहभागिता रहने नेपाल तरुण दल काठमाडौं जिल्ला अध्यक्ष कृष्णजी खड्काले जानकारी दिए ।

भदौ ३० गते काठमाडौं महानगरसहित ११ वटै पालिकामा वडास्तरीय प्रतियोगिता सञ्चालन हुने र त्यो प्रतियोगिताको विजेता टोलीले सिंहको २६औं स्मृति दिवसका दिन असोज २ गते प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक सन्तोष बुढाथोकीले जानकारी दिए । प्रतियोगिताका विजेताले दुई लाख २२ हजार दुई सय २२ र उपविजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने छन् ।

यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने छन् । एक दिने प्रतियोगिताका खेलहरु बालवाटारको ढुकु फुटसलमा सञ्चालन हुनेछ । काठमाडौं जिल्लाका ११ पालिकाका एक सय ३८ वडाबीच हुने बृहत प्रतियोगिता सञ्चालनका लागि १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिता संयोजक बुढाथोकीले बताए । २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डर सिंहको २०५४ साल असोज २ गते ८२ वर्षको उमेरमा निधन भएको थियो । सो दिनलाई नेपाली कांग्रेस र पार्टीका विभिन्न भातृ संगठनले स्मृति दिवसका रुपमा मनाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 15 September 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने