गणेशमान सिंह स्मृति फुटसल असोज २ गते

गणेशमान सिंह स्मृति फुटसल असोज २ गते : Icon Khabar

काठमाडौं, भदौ २९ ।नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता लौह पुरुष गणेशमान सिंहको २६औं स्मृति दिवसमा काठमाडौं जिल्लाव्यापी अन्तरपालिका फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

काठमाडौं जिल्ला नेपाल तरुण दलको आयोजनामा हुने प्रतियोगितामा काठमाडौंका ११ पालिकाको सहभागिता रहने नेपाल तरुण दल काठमाडौं जिल्ला अध्यक्ष कृष्णजी खड्काले जानकारी दिए ।

भदौ ३० गते काठमाडौं महानगरसहित ११ वटै पालिकामा वडास्तरीय प्रतियोगिता सञ्चालन हुने र त्यो प्रतियोगिताको विजेता टोलीले सिंहको २६औं स्मृति दिवसका दिन असोज २ गते प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक सन्तोष बुढाथोकीले जानकारी दिए । प्रतियोगिताका विजेताले दुई लाख २२ हजार दुई सय २२ र उपविजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने छन् ।

यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने छन् । एक दिने प्रतियोगिताका खेलहरु बालवाटारको ढुकु फुटसलमा सञ्चालन हुनेछ । काठमाडौं जिल्लाका ११ पालिकाका एक सय ३८ वडाबीच हुने बृहत प्रतियोगिता सञ्चालनका लागि १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिता संयोजक बुढाथोकीले बताए । २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डर सिंहको २०५४ साल असोज २ गते ८२ वर्षको उमेरमा निधन भएको थियो । सो दिनलाई नेपाली कांग्रेस र पार्टीका विभिन्न भातृ संगठनले स्मृति दिवसका रुपमा मनाउने गरेका छन् ।

Published Date: 15 September 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु