बालेन शाह र क्यानका बागमती प्रदेश अध्यक्ष पारस खड्काबीच भेटवार्ता

बालेन शाह र क्यानका बागमती प्रदेश अध्यक्ष पारस खड्काबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, भदौ २९ । काठमाडौँ महानगरपालिका र बागमती प्रदेश क्रिकेट संघबीच ग्रासरुटदेखि राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यसहित विभिन्न स्कुलदेखि वडासम्म सहकार्य गर्ने सम्झौता भएको छ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन) र बागमती क्रिकेट संघका अध्यक्ष पारस खड्काबीचको भेटवार्तापश्चात प्रारम्भमा विभिन्न वडाहरुमा नेटमा अभ्यासका लागि नेट जडान गर्ने सम्झौता भएको हो।

सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले पछिल्लो समय काठमाडौँबाट पारस खडका, ज्ञानेन्द्र मल्ल र पृथ्यु बाँस्कोटाबाहेक छनोट हुन नसकेको भन्दै अब काठमाडौँबाट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित त्यसको व्यवस्थापन गर्न लागिएको जानकारी दिए।

 

यस्तो छ बालेनको स्ट्याटस
पारस खडका,ज्ञानेन्द्र मल्ल पृथु बास्कोटा पछि काठमाडौँबाट राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने अर्को खेलाडी नै निस्किएन ।

कारण काठमाडौँमा खेल्ने वातावरण नै नभएर हो । स्थानीय सरकारको दायित्व भनेकै स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने नै हो । त्यसको अनुरूप हामीले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्दै छौ ।

तर उक्त स्थानमा क्रिकेट सिक्न जाने खेलाडीहरूको लागि प्रशिक्षकको अभाव छ। बाग्मती प्रदेश भित्र लेबल १ देखि ३ सम्मको सर्टिफाइड क्रिकेट प्रशिक्षक २५ जना मात्रै रहेका छन् । प्रशिक्षक र खेलाडीको अनुपातलाई हेर्दा यो निकै कम हो ।

यस खाडललाई सम्बोधन गर्न, हामीले वाग्मती क्रिकेट सङ्घको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसिसी लेभल क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्दै छौ । जस अन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने छ ।

यस्ता कार्यक्रम मार्फत युवाहरूलाई अनुशासन, टिम वर्क र नेतृत्व कौशल विकास गर्ने ठाउँ दिने,ट्यालेन्ट पूलः क्रिकेट प्रतिभाको संख्या बढाइ, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरहरूमा सम्भावित प्रतिनिधिहरूको पहिचान गरी क्षमता अभिवृद्धि गर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 September 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने