एसियाली खेलकुद प्रतियोगिताका लागि क्रिकेट टोलीको नाम सार्वजनिक

एसियाली खेलकुद प्रतियोगिताका लागि क्रिकेट टोलीको नाम सार्वजनिक : Icon Khabar

काठमाडौं, भदौ २९ । आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम आज सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट सङघ (क्यान)ले १५ सदस्यीय नेपाली क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो । छनोट हुने नेपाली टोलीको कप्तानमा रोहित पौडेल रहेका छन् । त्यस्तै अन्य सदस्यमा करण केसी, प्रतिश जिसी, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी छन् ।

त्यसैगरी ललित राजवंशी, विवेककुमार यादव, अभिनाश बोहरा र सन्दीप लामिछाने पनि टोलीमा अटाएका छन् । एसियाली खेलकुदअन्तर्गत क्रिकेट खेलमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा माल्दिभ्स र मङ्गोलिया रहेका छन् । यसपटकको एसियाली खेलकुद प्रतियोगितामा नेपालले विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ ।

नेपालबाट कूल दुई सय ५३ खेलाडीले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगितामा एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एसियाली खेलकुद प्रतियोगिता आगामी असोज २१ गतेसम्म चल्नेछ । रासस

Published Date: 15 September 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता