अर्थतन्त्र योभन्दा कमजोर बन्ने ठाउँ छैन, अब चलायमान हुन्छ : अध्यक्ष ढकाल

अर्थतन्त्र योभन्दा कमजोर बन्ने ठाउँ छैन, अब चलायमान हुन्छ : अध्यक्ष ढकाल : Icon Khabar

काठमाडौं, भदौ २९ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताएका छन् । शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा आइएनआई सिनेमा हलको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र यो भन्दा पनि तल खस्किने ठाउँ नरहेको भन्दै अबका दिनमा अर्थतन्त्रले लय समात्ने बताए ।

अध्यक्ष ढकालले व्यवसायिक एक्टिभिटिज बढेमात्रै अर्थतन्त्र चलायमान बन्ने जानकारी पनि दिए । कोरोना भाइरसपछि अर्थतन्त्र कमजोर बन्दै गएको र व्यावसायिक माहोल बिग्रँदै गएको अवस्थामा सिनेमा हल खुल्नुले आममानिसमा सकारात्मक ऊर्जा थपिने अध्यक्ष ढकालले विश्वास व्यक्त गरे ।

अध्यक्ष ढकालले एउटा कलाकारले मिहिनेत गर्याे भने सिनेमा हलको मालिक पनि हुन सक्ने रहेछ भन्ने स्पष्ट म्यासेज गएको बताए । आइएनआई सिनेमा हल अभिनेता तथा चलचित्र निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले सञ्चालनमा ल्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 September 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने