हेटौँडा अस्पतालमा कार्यरत चिकित्सकसहित ७८ स्वास्थ्‍यकर्मीले दिए सामूहिक राजीनामा

हेटौँडा अस्पतालमा कार्यरत चिकित्सकसहित ७८ स्वास्थ्‍यकर्मीले दिए सामूहिक राजीनामा : Icon Khabar

हेटौंडा, भदौ २९ । हेटौँडा अस्पतालमा कार्यरत चिकित्सकसहित ७८ स्वास्थ्‍यकर्मीले सामूहिक राजीनामा दिएका छन् ।

डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै हेटौँडा अस्पतालमा कार्यरत चिकित्सकसहित ७८ स्वास्थ्‍यकर्मीले सामूहिक राजीनामा दिएका हुन् ।

घटनाको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै आजबाट आकस्मिक बाहेकको सबै सेवा बन्द गरी आन्दोलनमा उत्रेको जानकारी गराएका हुन् ।

नेपाल चिकित्सक संघमा आवद्ध सबै संघसस्थाका प्रतिनिधिले मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई सामूहिक पत्राचारमार्फत राजीनामाको जानकारी गराएका हुन् ।

उनीहरूले इमरजेन्सीबाहेकका सबै सेवा ठप्प पार्दै आन्दोलनसमेत थालेका छन् ।

डेंगी संक्रमणका कारण एक महिनाअघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितको समूहले बुधबार अस्पतालभित्रै छिरेर दुईजना डाक्टरलाई कुटपिट गरेको हो ।

पीडित चिकित्सकहरूलाई आक्रमणकारीले प्रहरीकै अगाडि ज्यान मार्ने धम्की दिँदासमेत प्रहरी निरीह बनेकाले स्वास्थकर्मीहरुले आज सामूहिक उजुरी दिने तयारीसमेत गरेको हेटौँडा अस्पतालका स्वास्थ्यकर्मीले बताए ।

Published Date: 15 September 2023






ताजा
२० निर्माण कम्पनीहरुलाई सरकारले माग्यो सात दिन भित्र लिखित स्पष्टीकरण
फिफा विश्वकप २०२६: साउदी अरबको दमदार प्रदर्शन, उरुग्वे बराबरीमा रोकियो
पश्चिमी न्यून चापीय रेखाको प्रभाव जारी, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर रु १५१.८८ कायम


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न