सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा डेडिकेटेड लेन कोर्दै सडक विभाग

सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा डेडिकेटेड लेन कोर्दै सडक विभाग : Icon Khabar
फाईल फोटो

भक्तपुर, भदौ २९ । सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा डेडिकेटेड लेन बनाउन थालिएको छ।

काठमाडौं डिभिजन कार्यालयले द्रुत बस सेवा सञ्चालन गर्न रेड मार्क गर्न थालिएको डिभिजन प्रमुख नारायण निहुँरेले जानकारी दिए।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवसका दिन असोज ३ देखि द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिएका छन्। सोबमोजिम सडक विभाग र यातायात व्यवस्था विभागले काम थालेका हुन्।

यातायात व्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ वटा ठूला बस तयारी अवस्थामा राखेको छ भने सडक विभागले डेडिकेटेड लेन बनाउन थालेको हो।

तीन दिनभित्र सूर्यविनायकदेखि रत्नपार्कसम्म डेडिकेटेड लेन बनाइसक्ने गरी काम भइरहेको बताइएको छ।

सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोलीलाई ‘द्रुत बस सेवा’ सञ्चालन गर्न निर्देशन दिएका थिए।

यसअघि ‘द्रुत बस सेवा’ असोज १ देखि नै सञ्चालन गर्ने तयारी थियो। तर निरन्तर वर्षाका कारण सडकको डेडिकेटेड लेनमा रेड मार्क गर्न सकिएको थिएन। बिहीबार साँझदेखि लाइन बनाउन थालिएको छ।

बिहान र बेलुका कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुनेभएपछि मन्त्री ज्वालाले द्रुत बस सेवाको अवधारणा ल्याएका हुन्।

यातायात व्यवस्था विभागका महानिर्देशकको सरुवा भएपछि ‘द्रुत बस सेवा’का विषयमा केही आशंका उब्जिएका थिए । ‘अब आशंका पाल्नुपर्दैन, ३ असोजबाट द्रुत बस सेवा सञ्चालनमा आउँछ’, मन्त्री ज्वालाले भने।

‘द्रुत बस सेवा’ बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 September 2023






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न