टिभिएस नेपालद्वारा “हर मोडमा उमंग” अफर सार्वजनिक

टिभिएस नेपालद्वारा “हर मोडमा उमंग” अफर सार्वजनिक : Icon Khabar

काठमाडौं, भदौ २८  । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै “हर मोडमा उमंग” नामको विशेष योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा रु. १० लाख सम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना भाद्र २८ गतेबाट देशभर सीमित समयावधिका लागि उपलब्ध हुने जनाएको छ ।

“हर मोडमा उमंग” योजना अन्तर्गत नकिन्दै www.tvsnepal.com/dashain मा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ । हरेक महिना १०० प्रतिशत क्याश ब्याक जित्ने अवसरका साथ एक भाग्यशाली विजेताले बम्परमा रु. १० लाख सम्म जित्ने अवसरपनि रहेको कम्पनीले जानकारी दिए  ।

साथै, कम्पनीले एक्चेन्जमा रु. १० हजार सम्म थप भ्यालुएशन तथा शुन्य प्रतिशत व्याज र २५ प्रतिशत डाउनपेमेन्टमा बाइक तथा स्कूटर घर लैजान सकिने सुविधा पनि दिएको र  जीवनभरका लागि वारेन्टी सुविधापनि दिइने कम्पनीले बताएको छ ।

विजेताहरूको घोषणा महिनाको पहिलो मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने जनाएको छ ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 September 2023
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो