टिभिएस नेपालद्वारा “हर मोडमा उमंग” अफर सार्वजनिक

टिभिएस नेपालद्वारा “हर मोडमा उमंग” अफर सार्वजनिक : Icon Khabar

काठमाडौं, भदौ २८  । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै “हर मोडमा उमंग” नामको विशेष योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा रु. १० लाख सम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना भाद्र २८ गतेबाट देशभर सीमित समयावधिका लागि उपलब्ध हुने जनाएको छ ।

“हर मोडमा उमंग” योजना अन्तर्गत नकिन्दै www.tvsnepal.com/dashain मा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ । हरेक महिना १०० प्रतिशत क्याश ब्याक जित्ने अवसरका साथ एक भाग्यशाली विजेताले बम्परमा रु. १० लाख सम्म जित्ने अवसरपनि रहेको कम्पनीले जानकारी दिए  ।

साथै, कम्पनीले एक्चेन्जमा रु. १० हजार सम्म थप भ्यालुएशन तथा शुन्य प्रतिशत व्याज र २५ प्रतिशत डाउनपेमेन्टमा बाइक तथा स्कूटर घर लैजान सकिने सुविधा पनि दिएको र  जीवनभरका लागि वारेन्टी सुविधापनि दिइने कम्पनीले बताएको छ ।

विजेताहरूको घोषणा महिनाको पहिलो मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने जनाएको छ ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

Published Date: 14 September 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु