डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कारबाही गर्न चिकित्सक संघको अल्टिमेटम

डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कारबाही गर्न चिकित्सक संघको अल्टिमेटम : Icon Khabar

काठमाडौँ, भदौ २८ । नेपाल चिकित्सक संघले हेटौंडामा बिरामीको उपचार गरिरहेको अवस्थामा दुई चिकित्सकमाथि भएको आक्रमणमा संलग्न सबैलाई तत्काल कारबाही गर्न माग गरेको छ ।

आफूहरूमाथि आक्रमण उत्रनेविरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन–२०७९ बमोजिम ७२ घण्टाभित्र कारबाही नभए आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने पनि चिकित्सक संघले चेतावनी दिएको छ ।

चिकित्सक संघले बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको हो ।

पछिल्ला दुई दिनमा चिकित्सकमाथि हातपात तोडफोडसम्बन्धी तीन वटा घटना भइसकेको जनाउँदै चिकित्सक सघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले भने, ‘४ जना समातिएको भनिरहेका छन् तर हामी उनीहरूलाई कुन ऐनअन्तर्गत कारबाही गर्न खोज्दै छ भन्ने कुरा हेरिरहेका छौं ।’

डा.कार्कीले चिकित्सकमाथि आक्रमण, स्वास्थ्य संस्था तोडफोडलगायतका घटनामा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन–२०७९ बमोजिम नगरिए ७२ घण्टापछि देशव्यापी विरोध सुरु हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 September 2023
Website | + posts


ताजा
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)
काठमाडौँमा राष्ट्रिय नाटक महोत्सव सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू