डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कारबाही गर्न चिकित्सक संघको अल्टिमेटम

डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कारबाही गर्न चिकित्सक संघको अल्टिमेटम : Icon Khabar

काठमाडौँ, भदौ २८ । नेपाल चिकित्सक संघले हेटौंडामा बिरामीको उपचार गरिरहेको अवस्थामा दुई चिकित्सकमाथि भएको आक्रमणमा संलग्न सबैलाई तत्काल कारबाही गर्न माग गरेको छ ।

आफूहरूमाथि आक्रमण उत्रनेविरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन–२०७९ बमोजिम ७२ घण्टाभित्र कारबाही नभए आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने पनि चिकित्सक संघले चेतावनी दिएको छ ।

चिकित्सक संघले बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको हो ।

पछिल्ला दुई दिनमा चिकित्सकमाथि हातपात तोडफोडसम्बन्धी तीन वटा घटना भइसकेको जनाउँदै चिकित्सक सघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले भने, ‘४ जना समातिएको भनिरहेका छन् तर हामी उनीहरूलाई कुन ऐनअन्तर्गत कारबाही गर्न खोज्दै छ भन्ने कुरा हेरिरहेका छौं ।’

डा.कार्कीले चिकित्सकमाथि आक्रमण, स्वास्थ्य संस्था तोडफोडलगायतका घटनामा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन–२०७९ बमोजिम नगरिए ७२ घण्टापछि देशव्यापी विरोध सुरु हुने बताए ।

Published Date: 14 September 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु