प्रतिनिधि सभाको बैठक बिहीबार बस्ने

प्रतिनिधि सभाको बैठक बिहीबार बस्ने : Icon Khabar

काठमाडौं, भदौ २६ । प्रतिनिधि सभाको बैठक बस्ने समय र मिति परिवर्तन भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज सूचना जारी गर्दै भोलि बुधबारका लागि तय भएको बैठक एक दिन ढिला गरी बिहीबार बस्ने बताएका छन्।

महासचिव गौतमका अनुसार बुधबार दिउँसो १ बजेका लागि निर्धारित बैठक बिहीबार अपराह्न ३ बजेका लागि निर्धारण गरिएको छ । निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव प्रयोजनका लागि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ को उपनियम (३) बमोजिम बैठक २८ गते ३ बजेका लागि बैठक तय भएको सूचनामा जनाइएको छ ।

संविधानसभाका अध्यक्ष समेत रहेका नेता नेम्वाङको आज बिहान १:३० बजे निधन भएको थियो ।

Published Date: 12 September 2023




ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड