प्रतिनिधि सभाको बैठक बिहीबार बस्ने

प्रतिनिधि सभाको बैठक बिहीबार बस्ने : Icon Khabar

काठमाडौं, भदौ २६ । प्रतिनिधि सभाको बैठक बस्ने समय र मिति परिवर्तन भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज सूचना जारी गर्दै भोलि बुधबारका लागि तय भएको बैठक एक दिन ढिला गरी बिहीबार बस्ने बताएका छन्।

महासचिव गौतमका अनुसार बुधबार दिउँसो १ बजेका लागि निर्धारित बैठक बिहीबार अपराह्न ३ बजेका लागि निर्धारण गरिएको छ । निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव प्रयोजनका लागि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ को उपनियम (३) बमोजिम बैठक २८ गते ३ बजेका लागि बैठक तय भएको सूचनामा जनाइएको छ ।

संविधानसभाका अध्यक्ष समेत रहेका नेता नेम्वाङको आज बिहान १:३० बजे निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 September 2023
Website | + posts






ताजा
नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले कडा र ठोस कदम चालेको छ: उपप्रधानमन्त्री पौडेल
मंगलबार नेप्से परिसूचक ४१.७८ अंकले घट्यो
म्याग्दी केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प
भारतीय म्युजिक कम्पनी टी-सिरिज बन्यो ३० करोड सब्सक्राइबर पुर्‍याउने दोस्रो च्यानल




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण