सुवास नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

सुवास नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक बिदा : Icon Khabar

काठमाडौं, भदौ २६ ।  नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अन्तिम संस्कार बिहीबार हुने भएकाले देशभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । मंगलबार बिहान मन्त्रिपरिषद्को बैठकले दिवङ्गत नेम्वाङको अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

बिहीबार सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने मन्त्रालयले जनाएको छ । नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान निधन भएको थियो ।
Published Date: 12 September 2023


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड