चीनमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को तालिका परिवर्तन

चीनमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को तालिका परिवर्तन : Icon Khabar

काठमाडौं, भदौ २६ । चीनमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा पुरुष क्रिकेट खेलको तालिका परिवर्तन भएको छ । बहराइनले अन्तिममा प्रतियोगिता नखेल्ने भएपछि खेल तालिका परिवर्तन भएको हो ।

नयाँ तालिका अनुसार नेपालले आफ्नो प्रतिद्वन्द्वी पनि फरक पाएको छ । नेपालले अब समूह ‘ए’मा माल्दिभ्स र मंगोलियासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि नेपालले जापान र कम्बोडियासँग खेल्ने तय भएको थियो ।

यस्तै समूह ‘बी’ मा कम्बोडिया, जापान र हङकङ रहेको छ । समूह ‘सी’ मा मलेसिया, सिंगापुर र थाइल्यान्ड छ । यसअघि समूह चरण खेल्ने तय भएको पूर्ण सदस्य राष्ट्र अफगानिस्तान सिधै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

नेपालले समूह चरणको पहिलो खेल असोज १० गते मालदिभ्स र दोस्रो खेल असोज १४ गते मङ्गोलियासँग खेल्नेछ । समूहको शीर्षटोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काले सोझै क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 September 2023
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो