चीनमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को तालिका परिवर्तन

चीनमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को तालिका परिवर्तन : Icon Khabar

काठमाडौं, भदौ २६ । चीनमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा पुरुष क्रिकेट खेलको तालिका परिवर्तन भएको छ । बहराइनले अन्तिममा प्रतियोगिता नखेल्ने भएपछि खेल तालिका परिवर्तन भएको हो ।

नयाँ तालिका अनुसार नेपालले आफ्नो प्रतिद्वन्द्वी पनि फरक पाएको छ । नेपालले अब समूह ‘ए’मा माल्दिभ्स र मंगोलियासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि नेपालले जापान र कम्बोडियासँग खेल्ने तय भएको थियो ।

यस्तै समूह ‘बी’ मा कम्बोडिया, जापान र हङकङ रहेको छ । समूह ‘सी’ मा मलेसिया, सिंगापुर र थाइल्यान्ड छ । यसअघि समूह चरण खेल्ने तय भएको पूर्ण सदस्य राष्ट्र अफगानिस्तान सिधै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

नेपालले समूह चरणको पहिलो खेल असोज १० गते मालदिभ्स र दोस्रो खेल असोज १४ गते मङ्गोलियासँग खेल्नेछ । समूहको शीर्षटोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काले सोझै क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

Published Date: 12 September 2023






ताजा
प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड