बज्राचार्य फुट्सल प्रतियोगिता २०८० को उपाधि पाटनको मयूरवर्णलाई

बज्राचार्य फुट्सल प्रतियोगिता २०८० को उपाधि पाटनको मयूरवर्णलाई : Icon Khabar

काठमाडौँ, भदौ २४ । पाटनको मयूरवर्ण महाविहार, भिन्छे बहा:ले शनिबार दोस्रो अन्तर महाविहार बज्राचार्य फुट्सल प्रतियोगिता २०८० को उपाधि जितेको छ । मयूरवर्ण महाविहारले फाइनलमा श्रीखण्ड तरमूल महाविहारलाई हरायो ।

बज्राचार्य क्लबद्वारा चौर रिक्रियसनल सेन्टर, बांसबारीमा आयोजना भएको प्रतियोगितामा रत्नकेतु महाबिहार, झ्वा: बा:ले तेस्रो स्थान हासिल गर्यो । प्रतियोगिताको विजेता मयूरवर्णले ट्रफीसहित ५० हजार रुपियाँ प्राप्त गर्यो । उपविजेता श्रीखण्डले २५ हजार र तेस्रो हुने रत्नकेतुले १५ हजार रुपियाँमा चित्त बुझाए ।

सो प्रतियोगितामा विजेता टिमका आयुष बज्राचार्य उत्कृष्ट खेलाडी र नवीन बज्राचार्य उत्कृष्ट गोलरक्षक चुनिए । आयुष १३ गोलसहित सर्वाधिक गोलकर्ता पनि बने । यसैगरी, किर्तिपुण्य बज्रधातु चैत्य महाविहार, लगं बहा:लाई फेयर प्ले टिम घोषित गरियो ।

बज्राचार्य क्लबका अध्यक्ष सर्जु बज्राचार्य एवं बागमती प्रदेशका माननीय शैलेन्द्रमान बज्राचार्य तथा प्रमुख अतिथि चर्यानृत्य गुरु प्रज्वलरत्न बज्राचार्य संयुक्त रूपमा अवार्ड, प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेको थियो । प्रतियोगिताका संयोजन मोनिस मानन्द बज्राचार्यले गरेका थिए ।

Published Date: 10 September 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता