बज्राचार्य फुट्सल प्रतियोगिता २०८० को उपाधि पाटनको मयूरवर्णलाई

बज्राचार्य फुट्सल प्रतियोगिता २०८० को उपाधि पाटनको मयूरवर्णलाई : Icon Khabar

काठमाडौँ, भदौ २४ । पाटनको मयूरवर्ण महाविहार, भिन्छे बहा:ले शनिबार दोस्रो अन्तर महाविहार बज्राचार्य फुट्सल प्रतियोगिता २०८० को उपाधि जितेको छ । मयूरवर्ण महाविहारले फाइनलमा श्रीखण्ड तरमूल महाविहारलाई हरायो ।

बज्राचार्य क्लबद्वारा चौर रिक्रियसनल सेन्टर, बांसबारीमा आयोजना भएको प्रतियोगितामा रत्नकेतु महाबिहार, झ्वा: बा:ले तेस्रो स्थान हासिल गर्यो । प्रतियोगिताको विजेता मयूरवर्णले ट्रफीसहित ५० हजार रुपियाँ प्राप्त गर्यो । उपविजेता श्रीखण्डले २५ हजार र तेस्रो हुने रत्नकेतुले १५ हजार रुपियाँमा चित्त बुझाए ।

सो प्रतियोगितामा विजेता टिमका आयुष बज्राचार्य उत्कृष्ट खेलाडी र नवीन बज्राचार्य उत्कृष्ट गोलरक्षक चुनिए । आयुष १३ गोलसहित सर्वाधिक गोलकर्ता पनि बने । यसैगरी, किर्तिपुण्य बज्रधातु चैत्य महाविहार, लगं बहा:लाई फेयर प्ले टिम घोषित गरियो ।

बज्राचार्य क्लबका अध्यक्ष सर्जु बज्राचार्य एवं बागमती प्रदेशका माननीय शैलेन्द्रमान बज्राचार्य तथा प्रमुख अतिथि चर्यानृत्य गुरु प्रज्वलरत्न बज्राचार्य संयुक्त रूपमा अवार्ड, प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेको थियो । प्रतियोगिताका संयोजन मोनिस मानन्द बज्राचार्यले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 September 2023
Website | + posts
ताजा
आइतबार नेप्से परिसूचक ५.१५ अंकले घट्यो
इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालद्वारा ‘Ecopanel’ नाम प्रयोगमा कडा चेतावनी
असोज महिनामा नेपालमा भित्रियो २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स
विदेशमा रहेका नेपाली नागरिकका लागि मतदान केन्द्र तोक्न अध्यादेशको तयारी


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )