एशिया कप क्रिकेट अन्तर्गत आज भारत र पाकिस्तान भिड्दै

एशिया कप क्रिकेट अन्तर्गत आज भारत र पाकिस्तान भिड्दै : Icon Khabar

काठमाडौं, भदौ २४ । एशिया कप क्रिकेट अन्तर्गत आज विश्व क्रिकेटका दुई अब्बल टोली भारत तथा पाकिस्तान भिड्दै छन् । खेल श्रीलंकाको कोलम्बोमा दिउँसो ३ः१५ बजेदेखि प्रारम्भ हुनेछ ।

समुह एबाट सुपर फोरमा पुगेका यी दुवै टिमबीच वर्षा बाधक नभए खेल कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने आँकलन गरिएको छ ।
सुपर फोर अन्र्तगतका खेलमा भारतले आज पहिलो खेल पाकिस्तानसँग खेल्दै छ भने पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराइसकेको छ ।

यता, सुपर फोरमा लगातार दुई खेल हारेसँगै बंगलादेश एसिया कप क्रिकेटबाट एक खेलअघि नै बाहिरिएको छ । सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंगलादेश दोस्रो खेलमा शनिबार राति श्रीलंकासँग हारेको हो । कोलम्बोमा भएको खेलमा बंगलादेश २१ रनले पराजित भयो ।

सुपर फोरमा खेलेका १–१ खेलमा जीत हासिल गर्दै पाकिस्तान र श्रीलंकाले २–२ अंक बटुलेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्नेछन् ।

Published Date: 10 September 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता