आगामी दीपावलीमा सलमान खानको नयाँ फिल्म ‘टाइगर–३’ प्रदर्शनमा आउने

आगामी दीपावलीमा सलमान खानको नयाँ फिल्म ‘टाइगर–३’ प्रदर्शनमा आउने : Icon Khabar

मुम्बई, भदौ १७ । बलिउड अभिनेता सलमान खानले आफ्नो नयाँ फिल्म ‘टाइगर–३’ आगामी दीपावलीको अवसर पारेर प्रदर्शनमा आउने घोषणा गरेका छन् । यो फिल्म दीपावलीको पहिलो दिन अर्थात काग तिहारको एक दिनअघि कात्तिक २४ गते शुक्रवारदेखि प्रदर्शनमा आउने छ ।

शनिवार फिल्मको फस्टलूक पोस्टर शेयर गर्दै अभिनेता खानले यो कुराको जानकारी दिएका हुन् । टाइगर जिन्दा है, वान तथा पठान फिल्ममा प्रस्तुत गरिएको कथाको अघिल्लो चरण टाइगर–३ मा प्रस्तुत गरिएको सार्वजनिक पोस्टरमा उल्लेख छ ।

पोस्टरमा अभिनेता सलमान खान तथा अभिनेत्री कट्रिना कैफलाई लडाकूको रुपमा प्रस्तुत गरिएको छ । आदित्य चोपडाद्वारा निर्मित यो फिल्मको निर्देशन मनीष शर्माले गरेका हुन् । एसराज फिल्म्सको यो फिल्म हिन्दी, तमिल तथा तेलगु भाषामा प्रदर्शन हुने छ । अभिनेता खानले तीन भाषाका पोस्टर सार्वजनिक गरेका हुन् ।

Published Date: 03 September 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु