चार नेपाली एशियन बडिबिल्डिङ्ग एण्ड फिजिक स्पोर्टस् फेडेरेशनकोमा निर्वाचित

चार नेपाली एशियन बडिबिल्डिङ्ग एण्ड फिजिक स्पोर्टस् फेडेरेशनकोमा निर्वाचित : Icon Khabar

काठमाण्डौ , भदौ १७। काठमाण्डौमा सम्पन्न एशियन बडिबिल्डिङ्ग एण्ड फिजिक स्पोर्टस् फेडेरेशनको इलेक्टोरल कंग्रेसले नेपालका चार नेपालीलाई फेडेरेशनको विभिन्न ओहदामा चयन गरेको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजनामा भईरहेको ५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप अन्तर्गत होटल याक एण्ड यतीमा भएको एशियन बडिबिल्डिङ्ग एण्ड फिजिक स्पोर्टस् फेडेरेशनको इलेक्टोरल कंग्रेसले नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघका अध्यक्ष श्री राजेश बाबु श्रेष्ठलाई फेडेरेशनको कार्यकारी उपाध्यक्ष, उपाध्यक्ष श्री विजयलाल कायस्थ लाई फेडेरेशनको उपाध्यक्ष, महासंघका सचिव दिनेश राजभण्डारीलाई प्राविधिक समितिको अध्यक्ष र महासंघको उपाध्यक्ष राजेश उपाध्यायलाई कार्यकारी सदसस्यमा मनोनित गरको नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघका सचिव दिनेश राजभण्डारीले जानकारी गराएका छन् ।

निर्वाचित सवै  सदस्यहरुको कार्यावधी ४ बर्षको हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 September 2023
Website | + posts