गैँडाको सिङसहित चार जना पक्राउ

गैँडाको सिङसहित चार जना पक्राउ : Icon Khabar

काठमाडौं, भदौ १७ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गैँडाको सिङसहित चार जनालाई पक्राउ गरेको छ । गैंडा एक संरक्षित वन्यजन्तु प्रजाति हो।

वातावरण तथा वन्यजन्तुको शिकार तथा वन्यजन्तु ओसारपसार सम्बन्धी अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानका लागि खटिएको सिआइबीको टोलीले गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

कागेश्वरी मनोहरा नगरपालिका–७ बाट पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिकाका प्रदीप मगर रहेका छन् । रामेछाप जिल्लाको मन्थली नगरपालिकाका ५० वर्षीय पूर्णसिंह तामाङ । पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१३ का ३१ वर्षीय श्रीकृष्ण नगरकोटी र नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिकाका ३५ वर्षीय कर्ण तामाङ रहेको सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

सिआइबीले उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाएको छ । उनीहरुमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 September 2023
Website | + posts