गैँडाको सिङसहित चार जना पक्राउ

गैँडाको सिङसहित चार जना पक्राउ : Icon Khabar

काठमाडौं, भदौ १७ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गैँडाको सिङसहित चार जनालाई पक्राउ गरेको छ । गैंडा एक संरक्षित वन्यजन्तु प्रजाति हो।

वातावरण तथा वन्यजन्तुको शिकार तथा वन्यजन्तु ओसारपसार सम्बन्धी अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानका लागि खटिएको सिआइबीको टोलीले गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

कागेश्वरी मनोहरा नगरपालिका–७ बाट पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिकाका प्रदीप मगर रहेका छन् । रामेछाप जिल्लाको मन्थली नगरपालिकाका ५० वर्षीय पूर्णसिंह तामाङ । पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१३ का ३१ वर्षीय श्रीकृष्ण नगरकोटी र नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिकाका ३५ वर्षीय कर्ण तामाङ रहेको सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

सिआइबीले उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाएको छ । उनीहरुमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

Published Date: 03 September 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु