नयाँ हेयर स्टाइलमा देखिए बलिउड अभिनेता सलमान खान

नयाँ हेयर स्टाइलमा देखिए बलिउड अभिनेता सलमान खान : Icon Khabar

मुम्बई, भदौ ५ । बलिउड अभिनेता सलमान खान नयाँ हेयर स्टाइलमा देखिएका छन् । बलिउडमा ट्रेण्ड सेटर अभिनेताको छवि बनाएका सलमानलाई आइतबार राति नयाँ हेयर स्टाइलमा देखिएको हो ।

आइतवार अबे राति मुम्बईको एउटा रेष्टुराँ बाहिर कालो रंगको पहिरनमा देखिएका सलमान खान नयाँ हेयर स्टाइलमा निकै हेण्डसम देखिएका छन् ।

सलमान खानले करिव मुडुलो नै हुनेगरी कपाल काटेका छन् । कतिपयले यसलाई आर्मी कट हेयर स्टाइल समेत भनेका छन् ।
कतिपयले सलमानले आफ्नो आगामी फिल्मका लागि नयाँ हेयर स्टाइल बनाएको हुनसक्ने अनुमान गरेका छन् । किनभने उनी आफ्नो फिल्मको चरित्र अनुसार हेयर स्टाइल परिवर्तन गरिरहन्छन् ।

उनको नयाँ हेयर स्टाइलप्रति सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् ।

एक जनाले लेखेका छन्– ‘विग निकालेको हो र ?’ अर्का एक व्यक्ति लेख्छन्–‘तेरे नाम २ अथवा सुल्तान २ को तयारी हो ?’ तेस्रो प्रतिक्रिया छ– ‘हेयर ट्रान्सप्लान्ट गरिरहनु भएको हो र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 August 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने