नयाँ हेयर स्टाइलमा देखिए बलिउड अभिनेता सलमान खान

नयाँ हेयर स्टाइलमा देखिए बलिउड अभिनेता सलमान खान : Icon Khabar

मुम्बई, भदौ ५ । बलिउड अभिनेता सलमान खान नयाँ हेयर स्टाइलमा देखिएका छन् । बलिउडमा ट्रेण्ड सेटर अभिनेताको छवि बनाएका सलमानलाई आइतबार राति नयाँ हेयर स्टाइलमा देखिएको हो ।

आइतवार अबे राति मुम्बईको एउटा रेष्टुराँ बाहिर कालो रंगको पहिरनमा देखिएका सलमान खान नयाँ हेयर स्टाइलमा निकै हेण्डसम देखिएका छन् ।

सलमान खानले करिव मुडुलो नै हुनेगरी कपाल काटेका छन् । कतिपयले यसलाई आर्मी कट हेयर स्टाइल समेत भनेका छन् ।
कतिपयले सलमानले आफ्नो आगामी फिल्मका लागि नयाँ हेयर स्टाइल बनाएको हुनसक्ने अनुमान गरेका छन् । किनभने उनी आफ्नो फिल्मको चरित्र अनुसार हेयर स्टाइल परिवर्तन गरिरहन्छन् ।

उनको नयाँ हेयर स्टाइलप्रति सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् ।

एक जनाले लेखेका छन्– ‘विग निकालेको हो र ?’ अर्का एक व्यक्ति लेख्छन्–‘तेरे नाम २ अथवा सुल्तान २ को तयारी हो ?’ तेस्रो प्रतिक्रिया छ– ‘हेयर ट्रान्सप्लान्ट गरिरहनु भएको हो र ?’

Published Date: 22 August 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न