चार देश सम्मिलित महिला क्रिकेट सिरिजमा हङकङविरुद्धको खेलमा नेपालको शानदार जित

चार देश सम्मिलित महिला क्रिकेट सिरिजमा हङकङविरुद्धको खेलमा नेपालको शानदार जित : Icon Khabar

काठमाडौं, भदौ ५ । मलेसियामा भएको चार देश सम्मिलित महिला क्रिकेट सिरिजमा हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।

नेपालका लागि सम्झना खड्का ३६ बलमा ५ चौका सहित सर्वाधिक ३६ रन बनाउँदै अविजित रहिन् । ओपनरका रुपमा गएकी पूजा महतोले १८ बलमा १६ रन जोडिन् । उनी कप्तान क्यारी चानको बलमा बोल्ड हुन पुगिन् ।

अर्की ओपनर बिन्दु रावल शुन्यमै क्युरा साहारको बलमा एलबीडब्ल्यू बोल्ड भइन् ।

तेस्रो क्रममा आएकी इन्दुले १३ बलमा ९ रन जोड्दै मरिको हिलको बलमा बोल्ड भइन् । कप्तान रुबिना क्षेत्री २० बलमा १ चौका सहति १० रनमा मार्यम बीबीको बलमा बोल्ड भइन् । सीता राना मगर ८ बलमा २ रनसहित अविजित रहिन् ।

हङकङका लागि कप्तान क्यारी चान, क्युरा साहार, मरिको हिल र मर्याम बीबीले समान एक विकेट लिए ।

त्यसअघि, वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.१ ओभरमा अलआउट हुँदै ८४ रन बनाएको थियो ।

नेपालका लागि सीताले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् । उनले मिडल ओभरमा विकेटको वर्षा गर्दा हङकङ सस्तैमा प्याक भएको थियो ।

हङकङका लागि कप्तान क्यारी चानले सर्वाधिक ३४ रन बनाइन् । उनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरेकी हुन् । उनलाई नेपालकी कप्तान रुबिना क्षेत्रीले बोल्ड आउट गरेकी हुन् । डोरोथिया चानले ३३ बलमा १६ रन बनाइन् ।
नेपालका लागि ओपनर बलरद्वय कविता कुँवर र पूजा महतोले समान १–१ विकेट लिए । कविताले ४ ओभर बलिङ गरेर १ मेडन सहित १८ रन खर्चिइन् ।

पूजाले आज डेब्यु खेलमा ३ ओभर बलिङ गर्दै १ मेडन सहित ५ रन खर्चिइन् । कप्तान रुबिना क्षेत्रीले २ ओभरमा १५ रन खर्चेर १ विकेट तथा इन्दु बर्माले २.१ ओभर बलिङ गर्दै ४ रन खर्चेर २ विकेट लिएका थिए ।

Published Date: 22 August 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न